
नेपालगन्ज
बाँकेकाे खजुरा क्यान्सर अस्पतालका अध्यक्ष टेकेन्द्र मल्ल लगायतकाे मिलेमतोमा औषधी खरिद सहितका विविध बिषयमा अनियमितता र पदकाे दुरुपयोग भएको भन्दै अख्तियार र बाँके सिडिओ अफिसमा उजुरी दर्ता भएको छ ।
अस्पतालकाे प्रशासनिक अबस्था, आर्थिक हिनामिना, पदीय दुरुपयोग र शक्तिकाे आडमा कर्मचारी भर्ना लगायतका बिषयमा छानबिनकाे माग गर्दै अख्तियार र प्रशासनमा उजुरी दर्ता गरिएको श्रोत बताउँछ ।
श्रोतका अनुसार उक्त अस्पतालमा ४० लाख बराबरकाे म्याद ग्रार्जिएकाे औषधी भेटिएको छ । तर, उक्त औषधी फिर्ता गरेर नयाँ ल्याउनेतर्फ अस्पताल विकास समिति र अस्पताल प्रशासन उदासीन देखिएको छ ।
जसका कारण कतिपय विरामीका आफन्त जानअन्जानमा म्याद सक्किएकाे औषधी खरिद गर्न बाध्य भएका छन ।
अस्पतालका अध्यक्ष टेकेन्द्र मल्लकाे उदासीनता र लापरवाही तथा मिलेमताेमा यस्ताे औषधी फिर्ता नगरिएको विकास समितिका सदस्य समेत रहेका प्रखर मिसनका अध्यक्ष महेन्द्र मल्ल बताउँछन् ।
अस्पतालले औषधी खरीद गर्दा गरिएको सम्झौतामा जिवन रक्षासँग सम्बन्धित आपतकालिन औषधी बाहेकका औषधीहरु बाहेकका औषधीहरु म्याद सकिएको अवस्थामा सट्टाभर्ना गर्ने सम्झौताभएको थियाे ।
तर, लाखौंको औषधी म्याद सकिँदा समेत अस्पताल प्रशासनले बेवास्ता गर्नुलाई रहस्यका रुपमा हेरिएको छ ।
औषधी खरिद गर्दा कम्पनीबाट कमिसन लिएको अवस्थामा बाहेक जिवन रक्षासँग जोडिएका आपातकालिन औषधी बाहेक अन्य औषधी म्याद नाघेको अवस्थामा सट्टाभर्ना गर्ने आम प्रचलन रहेको छ ।
अस्पताल फार्मेसी विभागमा लुम्बिनी प्रदेशकाे कुनै पनि स्वास्थ निकायमा काम नपाएका चारजनाले यहाँको फार्मेसीकाे जिम्मेवारी पाउँदा सबैभन्दा बढी यहीँ समस्या देखिएको श्रोत बताउँछ । सिद्धपाइलाडटकम बाट साभार।




