Uncategorized

सामुदायिक कान उपचार क्षेत्रमा २२ वर्ष : बि.एन. अस्पतालका निर्देशक राम बहादुर बोहरा

नेपालगन्ज, बाँके ।
सामुदायिक कान उपचारको क्षेत्रमा निरन्तर २२ वर्ष सेवा पुर्‍याउनुभएका बि.एन. अस्पतालका निर्देशक राम बहादुर बोहराले आफ्नो लामो व्यावसायिक यात्राको स्मरण गर्दै सहयोगी सम्पूर्ण हातहरू प्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्नुभएको छ। सन् २००४ देखि ब्रिनोज यू.के. (BRINOS UK) को सहयोग र सहकार्यमा सुरु भएको उहाँको यो यात्रा आजका दिनसम्म पनि निरन्तर जारी छ।
आफ्नो सेवा अवधिको स्मरण गर्दै निर्देशक बोहराले विगत २२ वर्षमा विभिन्न संस्थाहरू मार्फत समुदायमा कान स्वास्थ्य सेवा पुर्‍याएको उल्लेख गर्नुभयो। उहाँको सेवा यात्रा….।
सन् २००४ देखि २००८: नेपाल रेडक्रस सोसाईटी, बहिरोपन निवारण कार्यक्रम (सुर्खेत रोड, नेपालगन्ज)
सन् २००९ देखि २०१९: ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा (फुल्टेक्रा, नेपालगन्ज)
सन् २०२१ देखि हालसम्म: ब्रिनोज यू.के. (BRINOS UK) को सहयोगमा बि.एन. कम्यूनिटी इयर केयर सर्भिसद्वारा सञ्चालित बि.एन. अस्पताल (गणेशमानचोक, नेपालगन्ज, बाँके)
आफ्नो कार्यकालको सुखद अनुभव साट्दै निर्देशक बोहराले भन्नुभयो, “सुरुवाती दिनदेखि अहिलेसम्म कान उपचारको क्षेत्रमा मलाई निरन्तर साथ, सहयोग र हौसला प्रदान गर्नुहुने सम्पूर्ण आदरणीय सर, म्याडमहरू, सहयात्री साथीहरू तथा सम्बद्ध संघ-संस्थाहरू प्रति म हृदयदेखि नै हार्दिक आभार र धन्यवाद व्यक्त गर्दछु। आगामी दिनहरूमा पनि यहाँहरूबाट यस्तै साथ र सहयोगको अपेक्षा गरेको छु।”
लामो समयको अनुभव र विशेषज्ञता सहित हाल गणेशमान चोकस्थित बि.एन. अस्पतालमा कान सम्बन्धी विभिन्न सेवाहरू उपलब्ध भइरहेका छन्। कानमा कुनै पनि किसिमको समस्या भएमा, कानको शल्यक्रिया (अपरेशन) गर्नु परेमा वा कान सुन्ने यन्त्र (हियरिङ एड) प्रयोग गर्नु परेमा अस्पतालमा सिधै सम्पर्क गर्न सकिने जानकारी समेत निर्देशक बोहराले बताउनु भएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button