
कार्तिक १६ गते सोमबार (atm)
नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति परिषद बाँकेको आयोजना हुन लागेको बृहत `प्रथम कृषि पर्यटन प्रवद्र्धन तथा सांस्कृतिक महोत्सव एक्सपो २०८१´ को तयारी अन्तिम चरणमा पुगेको सचिवालयका संयोजक राजन राना मगरले बताएका छन ।
नेपाल आदिवासी जनजाति महासंघबाँकेका अध्यक्ष डम्बर थापा भन्नुहुन्छ आयोजकले मेलाको तयारीबारे तिब्र रुपले लागेको र मेला तयारी भइसकेको छ सबै पक्षबाट मेलालाई सघाउनु पर्ने आवस्यक देखिएको छ सबै एकमुस्ट भएर लागे मेला भब्य रुपमा सफल बनाउन सकिने बताउनु भयो ।
मंसिर ६ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने मेलामा जनजातिका परिकार, भेषभुषा परम्परागत संस्कृतिको प्रदर्शन हुने भएको हुनाले अन्य मेला भन्दा फरक देखिने आयोजको भनाइ छ । सबै समुदायको कला, संस्कृति, भेषभुषा र परिकारहरुको स्वाद लिन सकिने भएको हुनाले अहिलेसम्मकै फरक खालको महोत्सव संचालन गर्ने सोच भएको महोत्सव मुल समितिले बताएको छ ।
भवन निर्माण सहयोगार्थ सञ्चालन गर्न लागिएको महोत्सवमा जाति, जनजाति, कला, संस्कृति संरक्षणका साथै राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरुले मनोरञ्जन प्रदान गरिने र महोत्सवमा २५० स्टल रहने छन् । महोत्सवभर आदिवासी जनजातिका कला, संस्कृति सम्बन्धी पौराणिक कला जातीय भेषभूषाको प्रदर्शन गरिने, कृषि पर्यटन हस्तकलासहितका स्टलहरु राखिने, लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा रहेका धार्मिक तथा पर्यटकीय स्टलहरु प्रदर्शनी गरिने तथा जातिय खाना प्रदर्शनी गरिने भएको छ ।



