अर्थ/वाणिज्यसमाचार

सन्तानेश्वर पदमार्गमा चरम घाेटाला

नेपालगन्ज : बाँकेकाे नरैनापुर गाउँपलिकाकाे     कोहोलादेखि सन्तानेश्वर मन्दिरसम्मक मदन भण्डारी पदमार्गमा चरम घाेटाला भएको आशंका गरिएको छ ।

उक्त  योजनामा ८३ लाखको लागत अनुमान गर्दै टेन्डर आह्वान गरिएको थियो। तर, सो टेन्डर ४८% घटाएर ठेक्का दिइएको भनिएको छ ।  जसअनुसार करिब ४३ लाखमा योजना सम्झौता गरिएको देखिन्छ।

यद्यपि  ४३ लाखमा अहिलेसम्म  १ किलोमिटर ग्राभेल मात्र भएको स्थानीय बताउँछन् । उनीहरूकम अनुसार  त्यो पनि  गुणस्तर कमजोर देखिएको छ ।

जुन बाटाेलाई सुनिर समूह बाँकेका खुराफाती नेता मानिने सुर्य ढकाल र नरैनापुरका केही ढकालकै झाेले हनुमानहरुकाे चलाखीमा मनद भण्डारी पदमार्ग भनिएकाे थियाे ।

विकासकाे नाममा जनताको आँखामा छारो हाल्ने प्रवृत्ति याे याेजनामा ढकाल र उनका आसेपासेले देखाएको उक्त सडक हिडडुल गर्ने नागरिकहरु बताउँछन् ।

स्वर्गीय मदन भण्डारी जस्तो राष्ट्रप्रेमी नेताको नाममा गरिएको योजनाको यति लज्जास्पद दुरुपयोग भण्डारीकै  अपमान जस्तै भएको नागरिक अगुवा  बताउँछन् ।

उक्त बाटो सन्तानेश्वर महादेव मन्दिर पुग्ने हजारौं श्रद्धालुहरूको आस्थासँग पनि जोडिएको छ ।  विशेष गरी श्रावण महिनामा भक्तजनहरू हिलो र धुलोमा पैदल यात्रा गर्न बाध्य छन्।

के यही हो पारदर्शी शासनको नमुना ? भक्तालुहरु यतिबेला यसरी प्रश्न गर्न थालेका छन । सूर्य ढकाल जि, तपाईंको पार्टीको श्रद्देय नेताको नाममा भएको यस्तो दुर्व्यवहार कसरी सहनुहुन्छ ? उनीहरू भन्छन “जनताले तपाईंबाट जवाफ अपेक्षा गरेका छन्।”

 ८३ लाखको टेन्डर र ४८% घटाएर दिइएको ठेक्काबारे सार्वजनिक हिसाब प्रस्तुत गरिनुपर्ने, योजना कार्यान्वयन, अनुगमन, र गुणस्तर मूल्याङ्कन खुला गरिनुपर्ने, श्रद्धालुहरूको सहजताका लागि तत्काल सुधारात्मक कार्य अघि बढानुपर्ने लगायतका स्थानीयले गरेका छन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button