राजनीतिसमाचार

३०४औँ पृथ्वी जयन्ती नेपालगन्जमा भब्यताका साथ सम्पन्न ।

३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा बाँके जिल्लाको नेपालगञ्जमा नेपाल शिवसेनाको आयोजनामा सम्पन्न मोटरसाइकल र्‍याली तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल शिवसेनाका केन्द्रीय अध्यक्ष किशोर लामाको संयोजकत्वमा भएको कार्यक्रममा अतिथि मनोज श्रेष्ठ , राज कुमार रोैनियार, डा. बिजय प्रधान, जय जंग शाह, सोैभाग्य जंग शाह, रमेश घर्ती मगर, स्वतन्त्र राष्ट्रवादी युवाहरु, विभिन्न धार्मिक संगठनका अध्यक्षहरु लगायतको उपस्थितिमा कार्यक्रम भएको थियोे ।

राष्ट्र निर्माता श्री ५ पृथ्वीनारायण शाहको राष्ट्र निर्माणमा रहेको अतुलनीय योगदानको स्मरण गर्दै राष्ट्रिय एकता, स्वाधीनता, स्वाभिमान र सांस्कृतिक चेतनाको सन्देश फैलाउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा विभिन्न राजनीतिक, सामाजिक, बौद्धिक, युवा तथा नागरिक समाजका प्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहेको थियो।

कार्यक्रमलाई सफल बनाउन अमूल्य समय दिएर उपस्थित हुनुहुने प्रमुख अतिथि, विशिष्ट अतिथि, वक्ता, कलाकारहरू, स्वयंसेवकहरू, सुरक्षाकर्मीहरू, सञ्चारकर्मी मित्रहरू तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण संघ–संस्थाप्रति नेपाल शिवसेनाका केन्द्रीय महासचिव मंगल जिएमले धन्यवाद व्यक्त गरेका थिए ।

नेपाल शिवसेनाकाको कार्यक्रममा सहभागी भई सभ्य, शान्तिपूर्ण र अनुशासित रूपमा सम्पन्न गर्न सहयोग पुर्‍याउनुहुने सबैप्रति कृतज्ञता व्यक्त गर्दै राष्ट्र, राष्ट्रियता र एकताको पक्षमा आगामी दिनहरूमा पनि यस्तै सहयोग, सहकार्य र सहभागिता निरन्तर रहने विश्वास व्यक्त गरेेका छन ।

नेपाल शिवसेना राष्ट्रहित, राष्ट्रिय एकता र सांस्कृतिक पहिचानको संरक्षणका लागि सदैव प्रतिबद्ध रहेको स्पष्ट पार्दै यस्ता कार्यक्रमहरू आगामी दिनहरूमा पनि निरन्तर आयोजना गरिने महासचिव जिएमले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button