
बाँके नेपालगन्ज उपमहानगरपालिकाका उद्यमी महिलाहरूलाई सिपमूलक तालिम उपलब्ध गराएर स्वरोजगार बनाउने लक्ष्यका साथ सञ्चालन गरिएको एक महिने ड्राइभिङ तालिम सम्पन्न गरिएको छ ।
सामाजिक विकास डिभिजन कार्यालय बाँकेको आयोजनामा नेपालगन्ज उपमहानगरपालिका उद्यमी महिलाहरुलाई लक्षित गरि लुम्बिनि प्रदेश सरकारको सार्वजनिक लेखा समितिको सभापति माननिय माया पुनको पहल र सामाजिक विकासको सहकार्यमा गरिएको एक महिने तालिमको शनिबार समापन गरिएको हो ।
गत जेठ १४ गतेबाट नेपालगन्ज उपमहानगरपालिका बसपार्कमा रहेको स्वास्तिक ड्राईभिङ्ग सेन्टर जीप, कार, ट्याक्सी र एम्बुलेन्स जस्ता साना गाडी चलाउन चाहनेहरुको लागि एक महिने ड्राइभिङ सम्बन्धि सिप विकास तालिमको आयोजना गरिएको थियो ।
सामाजिक विकास डिभिजन कार्यालय बाँकेको आयोजनाको स्वीकृत बजेटले २५ जना उद्यमी महिलाहरुलाई ड्राइभिङ तालिम प्रदान गरिएको लुम्बिनि प्रदेश सरकारको सार्वजनिक लेखा समितिको सभापति माननिय माया पुनले जानकारी दिनुभयो ।
तालिममा २५ जना उद्यमी महिला सहभागि भएको सामाजिक विकास डिभिजन कार्यालय बाँकेका उद्धव प्रसाद श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार तालिममा सबैभन्दा बढि उद्यमी महिला सहभागीता रहेको बताए ।
सामाजिक विकास डिभिजन कार्यालय बाँकेको आयोजनामा स्वास्तिक ड्राईभिङ्ग सेन्टरले तालिम प्रदान गरेको थियोे ।
तालिम समापन कार्यक्रमको अध्यक्षतामा रबिन्द्र थापा, प्रमुख अतिथी सार्वजनिक लेखा समिति लुम्बिनी प्रदेशका सभापती माया पुन , विशिष्ठ अतिथि उद्धव प्रसाद श्रेष्ठ अतिथि, प्रेम वहादुर बुढाथोकी, रहनु भयो थियो भने कार्यक्रम उद्घोषण भुमण्डल प्रकाश श्रेष्ठले गर्नु भएको थियोे ।




