समाचार

छात्रवृत्ति र रक्तदान कार्यक्रम सम्पन्न : गोपाल-नीना फाउण्डेसन

नेपालगन्ज
“रक्तदान जीवनदान” भन्ने नाराका साथ जनमतको ६७औं श्रृङ्खलामा शनिबार गोपाल-नीना फाउण्डेसनको प्रांगणमा भएको रक्तदान कार्यक्रममा ४ जना महिला सहित ५७ जनाले रक्तदान गरेका हुन् ।

जनमत अर्ध साप्ताहिकको रजत उत्सवको अवसरमा वि.सं. २०६३ साल वैशाख २९ गतेदेखि निरन्तर रुपमा सञ्चालन गर्दै आएको “त्रैमासिक जनमत रक्तदान कार्यक्रमको ६७ औं श्रृङ्खला” मा रक्तदान गर्नेहरुमा स्वयम्सेवी नियमित रक्तदाताहरु उपस्थिति रहेको थियोे ।

उक्त कार्यक्रमका लागि डिजिटल हेल्थ पार्टनर हेल्थ याद आयो (मोवाइल हेल्थ एप), अन्नपूर्ण ग्याष्ट्रो केयर अस्पताल, नेपाल स्वयंसेवी रक्तदाता समाज बाँके, सेभेन क्याफे, लगायतले समन्वय र सहकार्य गर्दै आएको छ ।

रक्तदाताहरुलाई फाउण्डेसनका संस्थापक अध्यक्ष वरिष्ठ पेटरोग विशेषज्ञ डा. गौरव श्रेष्ठ, फाउण्डेसनकी सह-निर्देशक डा. तृप्तीपाल रमण, नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेकी अध्यक्ष दिला शाह, जनमत अर्धसाप्ताहिकका सम्पादक पूर्णलाल चुके, फाउण्डेसनको नाम लेखिएको कप हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका होमराज गिरी, सुनिता कुमाई, सन्दिप आचार्य, महेश राना क्षेत्री, महेश दहित, प्रशान्त थारु, सञ्जय बढही र वीरेन्द्र योगीले प्राविधिक सहयोग गरेका थिए ।

जेहेन्दार छात्रालाई छात्रवृत्ति हस्तान्तरण :


कार्यक्रमका वीच फाउण्डेसनका संरक्षकद्वय डा. गोपाल श्रेष्ठ, डा. नीना श्रेष्ठ, संस्थापक अध्यक्ष वरिष्ठ पेटरोग विशेषज्ञ डा. गौरव श्रेष्ठ र फाउण्डेसनकी सह-निर्देशक डा. तृप्तीपाल रमण, एविसी स्कुलका कक्षा ६ की जेहेन्दार छात्रा काव्या श्रेष्ठलाई रु.३५ हजारको छात्रवृत्ति हस्तान्तरण गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button