राजनीतिसमाचार

स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न : फोनिज बाँके

नेपालगन्ज ।
नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) बाँकेले एकै पटक दुई दुईवटा कार्यक्रम सम्पन्न गरेको छ।


पहिलो : बाँके जिल्लामा सरुवा भइ आउनु भएका बाँके जिल्ला प्रमुख अधिकारी दिल कुमार तामाङलाई स्वागत र दोस्रो: नेपाल आदिवासी जनजाति महासंघ बाँकेमा आबद्ध विभिन्न संघ संगठनहरुसितको अन्तरक्रिया कार्यक्रम रहेको थियोे ।


पहिलो : नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) बाँके शाखाले शुक्रबार बाँके जिल्लामा सरुवा भइ आउनु भएका बाँके जिल्ला प्रमुख अधिकारी दिल कुमार तामाङलाई स्वागत गरेको हो ।


नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) बाँकेका संयोजक अशोक थापा मगरको अध्यक्ष्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि बाँके जिल्ला प्रमुख अधिकारी दिल कुमार तामाङ, बिशिस्ट अतिथि नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) का केन्द्रीय सदस्य प्रज्वल कुमार श्रेष्ठको अतिथित्यमा स्वागत कार्यक्रम भएको थियोे ।


स्वागत कार्यक्रम नेपाल आदिवासी जनजाती महासंघ बाँकेमा आबद्ध विभिन्न संघ संस्था र संगठनकोहरु उपस्थिति रहेको थियोे । उपस्थित संगठनका प्रतिनिधिहरुले बाँके जिल्लामा सरुवा भइ आउनु भएको बाँके जिल्ला प्रमुख अधिकारी दिल कुमार तामाङलाई स्वागत सँगसँगै राम्रा र सफल कार्यकाल भएर बाँकेबाट जान सुझाव दिएका थिए ।

तेस्तै बाँके जिल्ला प्रमुख अधिकारी दिल कुमार तामाङले नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज बाँकेले राखेको स्वागत कार्यक्रममा आफुलाई स्वागत र बाँकेका गतिविधि, आदिवासीका सुझावहरु बुझ्न, लिन पाएकोमा फोनिज बाँके , आदिवासीहरुलाई बिशेश धन्यवाद सँगसँगै बाँकेमा रहदासम्म सकेसम्म राम्रा काम गरेर जाने प्रतिबद्धता दिनु भएको थियो ।

दोस्रो : अन्तरक्रिया अन्तरक्रिया कार्यक्रम नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बाँकेका संयोजक अशोक थापा मगरको अध्यक्ष्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि फोनिज केन्द्रीय सदस्य प्रज्वल कुमार श्रेष्ठ , विशिष्ट अतिथि नेपाल आदिवासीजनजाति महासंघ बाँकेका अध्यक्ष डम्बर थापा मगर, आदिवासीजनजाति युवा महासंघ बाँकेका अध्यक्ष जनक पहराई मगर, गुरुङ समाजका अध्यक्ष भिम गुरुङ, तामाङ समाजका अध्यक्ष सरोज तामाङ, नुरी शेर्पा, संगिता चोैंधरी अथिति नेपाल आदिवासीजनजाति महासंघ बाँके नेपालगन्ज नगर अध्यक्ष भुमण्डल श्रेष्ठ, कोहठनगर अध्यक्ष कृष्ण बहादुर पुन मगर, सामुुदायिक सेवा केन्द्र बाँकेका अध्यक्ष दिपेन्द्र कुमार जोशी, कृष्णप्रसाद श्रेष्ठ , पुर्णलाल चुके, राजेन्द्र कुमार श्रेष्ठ ,खम्म पुन, माइलि तामाङ, कल्पना राना, तेज बहादुर पुन, शान्त कुमार चोैधरी लगायतको उपस्थितिमा फोनिज बाँके र नेपाल आदिवासी जनजाति महासंघ बाँकेका संघ संगठनहरु बिच अन्तरक्रिया भएको हो ।

उक्त अन्तरक्रिया कार्यक्रममा अधिकांशले आदिवासीका मुद्दा ब्यक्ति संघ संगठन कसरी हुन्छ अगाडि लाग्न एकरुपताले हातेमालो गरेर अगाडि बढ्ने बताएका थिए भने फोनिज बाँकेका अध्यक्ष अशोक थापा मगरले आफ्नन राजनीति पार्टी भन्दा माथि नेपाल आदिवासीजनजाति हेरोै लैजान, सहकार्य गर्नलाई अन्तरक्रिया कार्यक्रम राखेको र अन्तरक्रिया कार्यक्रम निकै राम्रो फलदायी मुलक भएको बताए ।

नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) बाँकेले गरेको स्वागत तथा अन्तरक्रिया कार्यक्रमको संचालन फोनिज बाँकेकी सचिव सुमन श्रेष्ठले गर्नु भएको थियोे भने स्वागत कार्यक्रम फोनिज बाँकेका उपाध्यक्ष सोम गुरुङले गर्नु भएको थियोे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button