अन्यअर्थ/वाणिज्यराजनीतिसमाचार

सामुदायिक वनले १४ हजार ६ सय रुख कटान

बर्दिया ।
आर्थिक वर्ष २०८१–०८२ डिभिजन वन कार्यालय बर्दियाको मातहतमा रहेका दुई सय ८५ सामुदायिक वन मध्ये एक सय ३६ सामुदायिक वनका १४ हजार ६ सय रुख कटान भएको छ । सामुदायिक वन क्षेत्रबाट मात्र गत आर्थिक वर्षमा पाँच लाख दुई हजार ८ सय ३१ घन फिट काठ उत्पादन भएको देखिन्छ भने सामुदायिक वन क्षेत्रबाट नै एक हजार ९१ चट्टा दाउरा उत्पादन भएको देखिन्छ ।

बर्दिया जिल्लाको दुई सय ८५ सामुदायिक वन क्षेत्र मध्य वन संवर्धन प्रणाली लागु भएको ८९ सामुदायिक वन मध्य ८५ वटा सामुदायिक वनमा वन सुदृढीकरण कार्यक्रम कार्यान्वयन भएको देखिन्छ । बर्दिया जिल्लामा मात्र १ लाख ८५ हजार ९०३ घन फिट काठ आन्तरिक बिक्री गरिएको छ भने जिल्लामा भएको आपूर्ति समिति मार्फतमा १८ हजार ३६७ घन फिट काठ बिक्री भएको देखिन्छ भने समूहले गर्ने लिलाम बिक्री मार्फत ७९ हजार १३६ घन फिट काठ बिक्री हुँदा जिल्लामा मात्र कुल २ लाख ८३ हजार ४०७ दशमलव ९५ घन फिट काठ बिक्री भएको छ ।

सामुदायिक वन क्षेत्रबाट कटान भएको काठ बाहेकको दाउराको हकमा मात्र पाँच सय ९६ दशमलव ४० चट्टा दाउरा बिक्री भएको डिभिजन वन कार्यालय बर्दियाले जनाएको छ र सामुदायिक वनहरूमा कटान बढ्दा जिल्लाको राजस्व समेत बढेको देखिन्छ । बर्दिया जिल्लाबाट मात्र गत आर्थिक वर्षमा लुम्बिनी प्रदेश सरकारलाई तिन करोड ४० लाख ३३ हजार ५४० रुपियाँ राजस्व सङ्कलन भएको छ भने सङ्घीय सरकारलाई १ करोड ३ लाख सात हजार १०१ रुपियाँ राजस्व सङ्कलन भएको देखिन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button