राजनीतिसमाचार

बाँकेका सम्पुर्ण पालिकामा मगर दिवस मनाउन जिल्लाको शुभकामना

“ऐतिहासिक मगरात सभ्यताको गर्विलो इतिहासलाई पुनर्लेखन गरौं । मगरात दर्शन निर्माणको संकल्प गर्दै, संघको ४४औँ स्थापना दिवस मनाऔं ।।” भन्ने मूल नाराका साथ नेपाल मगर संघ बाँकेले फागुन १५ गते जिल्लाका विभिन्न स्थानीय तहमा मगर दिवस तथा मगर एकता दिवस भव्य रूपमा मनाउने तयारी गरेको छ।


संघका बाँके अध्यक्ष भुपेन्द्र पुन मगरका अनुसार बाँकेको खजुरा गाउँपालिका, कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका, डुडुवा गाउँपालिका र राप्ती सोनारी गाउँपालिका मा विभिन्न कार्यक्रमसहित दिवस मनाइने भएको छ ।


संघका सचिव राजन राना मगरले कार्यसमिति केन्द्रीय प्रतिनिधिसहित सबै क्षेत्रमा पुग्ने तयारी भइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार जिल्ला कार्यसमिति तथा केन्द्रका प्रतिनिधिहरूले सम्बन्धित पालिकाहरूमा समन्वय र सहभागिता जनाउँदै कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउनेछन्।


अध्यक्ष पुनले मगर समुदायको ऐतिहासिक योगदान, पहिचान, भाषा, कला, संस्कार–संस्कृति र अधिकारका सवाललाई सशक्त रूपमा स्थापित गर्न दिवसले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले मगर समुदाय मात्र नभई सम्पूर्ण आदिवासी जनजाति समुदाय, बुद्धिजीवी, युवा तथा आम सर्वसाधारणलाई कार्यक्रममा सहभागी भई ऐक्यबद्धता प्रदर्शन गर्न आग्रह गर्नुभएको छ।

संघले विगतका वर्षहरूझैँ यस वर्ष पनि मगर समुदायको इतिहास, पहिचान र आत्मसम्मानको संरक्षण तथा प्रवर्द्धनलाई केन्द्रमा राख्दै कार्यक्रम आयोजना गर्न लागेको बताउनुभयो । दिवसलाई एकता, जागरण र सांस्कृतिक पुनर्जागरणको अवसरका रूपमा लिन सबैमा आह्वान गर्नुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button