अन्यसमाचार

नेपालगन्जमा निःशुल्क हेपाटाइटिस परीक्षण हुने

नेपालगन्ज ।
विश्व हेपाटाइटिस दिवसको अवसरमा अन्नपूर्ण ग्यास्ट्रोकेयर हस्पिटलले हेपाटाइटिस रोगको प्रारम्भिक परीक्षण तथा जनचेतनामूलक कार्यक्रम आफ्नै भवन गणेशमान नेपालगञ्जमा रहेको अन्नपूर्ण ग्यास्ट्रोकेयर हस्पिटलमा निःशुल्क हेपाटाइटिस परीक्षण आयोजना गर्ने भएको छ।

अन्नपूर्णा ग्यास्ट्रोकेयर हस्पिटलको आयोजनामा २०८२ श्रावण १२ गते (July 28, 2025) गतेका दिन निःशुल्क हेपाटाइटिस परीक्षण शिविर हुने भएको हो ।

नेपालगन्ज गणेशमान चोक नजिकै रहेको अन्नपूर्ण ग्यास्ट्रोकेयर हस्पिटलमा विशेषज्ञ डाक्टरहरूबाट परामर्श तथा रोगसम्बन्धी सचेतनामूलक जानकारी प्रदान सँगसँगै हेपाटाइटिस B र C को निःशुल्क परीक्षण गरिने अन्नपूर्ण ग्यास्ट्रोकेयर हस्पिटलका कार्यलय प्रमुख दिलिप गिरिले बताउनुभयो ।

साउन १२ गते सोमबार बिहान १० बजेबाट निशुल्क शिविर संचालन हुने र स्वास्थ्य शिविरमा सहभागी भएर लाभ लिन स्थानीयवासीलाई अन्नपूर्ण ग्यास्ट्रोकेयर हस्पिटलले आग्रह समेत गरेका छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button