समाचार

विभिन्न सेवाबाट नेको इन्सुरेन्सको २९ औँ वार्षिकोत्सव सम्पन्न

नेको इन्सुरेन्स लिमिटेडको २९ औँ वार्षिकोत्सवको उपलक्ष्यमा मुख्य कार्यालय विमा भवन ज्ञानेश्वरमा निःशुल्क दन्त रोग परिक्षण, छाला परिक्षण तथा आँखा परिक्षण तथा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

निःशुल्क स्वास्थ्य परिक्षण शिविरमा नेको इन्सुरेन्सका ८२ जना कर्मचारीको उक्त रोगहरुको निःशुल्क परिक्षण गरिएको हो । डिजिटल हेल्थ तथा टेलिमेडिसिनको क्षेत्रमा कार्यरत संस्था हेल्थ याद आयोको समन्वय र सहकार्यमा सम्पन्न सो शिविरमा सोवा हेल्थ केयर सेन्टर जावालाखेल, हिमाल अस्पताल ज्ञानेश्वर तथा ब्लरकार्ट ललितपुरका चिकित्सक तथा प्राविधिकहरुले प्राविधिक सहयोग गरेका थिए ।

सो अवसरमा रक्तदान जीवन दानको उद्देश्यका साथ आयोजित रक्तदान कार्यक्रममा २७ जना कर्मचारीहरुले रक्तदान गरेका थिए ।


स्वास्थ्य शिविरका संयोजक तथा नेको इन्सुरेन्सका सिनियर अधिकृत निरज डाँगीले संस्थाले वार्षिकोत्सवको उपलक्ष्यमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरले कर्मचारीहरुलाई आफ्नो स्वास्थ्य प्रति सम्वेदनशील र सचेत हुन प्रेरित गरेको बताउनु भयो ।

दुई वर्ष अघि ललितपुर महानगरपालिका वडा नं. १ कुपण्डोलमा सेवा शुरु गरिएको “हेल्थ याद आयो” का संस्थापक प्रवन्ध निर्देशक मोवाइल हेल्थ एपका परिकल्पनाकार तथा कम्प्युटर इन्जीनियर प्रज्वल चुकेले कुनै पनि कार्यालयमा कार्यरत एक स्वस्थ कर्मचारी नै सक्षम कर्मचारी हो भन्दै स्वस्थ र सक्षम कर्मचारीले नै आफ्नो काममा उत्कृष्टता देखाउन सक्छ र संस्थालाई पनि उल्लेखनीय योगदान दिन सक्ने बताउनु भयो ।

स्वास्थ्य जाँच परिक्षण कार्यक्रमले कर्मचारीहरूको शारीरिक र मानसिक स्वास्थ्यको महत्वलाई नेको इन्सुरेन्सले महत्व दिएको तथ्य उजागर गरेको छ, जसले गर्दा स्वस्थ्य कमर्चारीले मात्र स्वस्थ्य वातावरणमा सेवा प्रवाह गरेर सेवाग्राहीहरुलाई सन्तुष्ट पार्न सक्षम हुने कुरामा जोड दिंदै चुकेले यसरी नै नियमित स्वास्थ्य परिक्षण र रक्तदान जस्तो मानवीय अभियानलाई पनि निरन्तरता दिन आयोजक संस्थालाई आग्रह गर्नुभयो ।


शिविरमा सहभागी कर्मचारी मिलन कार्कीले यस खाले शिविरले स्वस्थ र सक्षम बनाउन सहयोग पुर्याएको बताउनु भयो । नेको इन्सुरेन्सले हरेक वर्ष आफ्नो वार्षिकोत्सवमा स्वास्थ्य शिविर आयोजना गर्दै आइरहेको छ ।


उक्त शिविरमा अत्याधुनिक स्किन एनेलाइजर मेसीनद्वारा छाला सम्बन्धि रोगको परिक्षण (विश्लेषण सहित) गरिएको नेको इन्सुरेन्सका सिनियर अधिकृत निरज डाँगीले जानकारी दिनु भयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button