अर्थ/वाणिज्यसमाचार

नेपालगञ्ज नाककै अगाडिबाट सुर्तीजन्य पदार्थको तस्करी

बाँके  

भारतसँग जोडिएको पश्चिम नेपालको अति व्यस्त रह्‌ने नेपालगञ्ज नाकाबाट सहजै रुपमा सामान तस्करी हुने गरेको छ ।

बाँकेको नेपालगञ्ज स्थित जमुनाहा नाकाबाट सशस्त्र प्रहरी कै अगाडिबाट सुर्तीजन्य पदार्थको तस्करी भईरहेको छ ।

घरेलु प्रयोगको नाममा सीमापारी रुपैडिहा बजारबाट सामान ल्याउने र सामान भित्रपनि भारी मात्रामा सुर्तीजन्य पदार्थ लुकाएर ल्याउने गरिएको पाइएको हो ।

पेयपदार्थ लगायतका अवैध सामानहरुमा सशस्त्र प्रहरीले कडाईका साथ चेकजाँच गर्दै आएपनि सुर्तीजन्य धमाधम भित्रिएका छन् ।

यसरी नाका हुँदै भित्रिने सुर्तीजन्य पदार्थहरु नेपालगञ्जका पसलहरुमा पुग्ने गरेको छ । र ती सामानहरु व्यापार मार्फत उपभोक्ताहरुको हातमा पुग्दै छ ।
स्रोतका अनुसार ड्युटीमा खटिएका प्रहरी संग सेटिङ मिलाएर अवैध रुपमा भित्रिएका सामान ‘वैधता’ पाउने गरेको हो ।

सोमबार जमुनाहाको यात्रु शाखाका असई पदम खड्काको कमाण्डमा ड्युटीमा खटिएका सशस्त्र प्रहरीले इसारा दिएर पठाएका यात्रुका साथमा सुर्तीजन्य पदार्थ फेला परेको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button