
नेपालगन्ज ।
नेपालगन्जमा प्रदेश स्तरीय वडा टेनिस क्रिकेट प्रतियोगिता आयोजना गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा न.५ को आयोजनामा वडा स्तरीय प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको वडा अध्यक्ष सराफत हुसेन शेषले जानकारी दिए ।
फागुन १ गतेदेखि सुरु हुने प्रतियोगिता फागुन १५ गतेसम्म चल्नेछ । प्रतियोगिताको विजेताले रु १ लाख रुपैयाँ पुरष्कार हात पार्नेछन भने उपविजेता टिमले रु ५० हजार हात पार्नेछन । यसैगरी म्यान अफ द सिरिजले एक थान एलइडी टिभी, वेष्ट बलरले एक थान दराज, वेष्ट ब्याट्सम्यानले १ थान साइकल प्राप्त गर्ने वडा अध्यक्ष शेषले बताए ।
मंगलवार पत्रकार सम्मेलनको आयोजना गरी उनले प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिए । खेलकुद स्वास्थ्यका लागि पनि महत्वपूर्ण भएकाले स्वास्थ्यसँगै देशको पहिचानका रुपमा प्रतियोगिता आयोजना गरिएको उनले जानकारी दिए । उनले नेपालगन्जमा एउटा सुविधा सम्पन्न स्टेडियम आवश्यक रहेको औल्याए । खेलकुद मैदानको अभावका कारण खेलाडीहरुले खेलक्षेत्रमा आफ्नो उत्कृष्ट प्रदर्शन गर्न नसकेको उनको भनाइ छ ।
विस्तृत जानकारीका लागि हेर्नुस् भिडियो ।




