समाचार

माघ ७ गतेदेखि बढैयाताल महाेत्सव हुन्दै

माघ ७ गते बर्दियाको बढैयाताल गाउँपालिका वडा नं. ५ स्थित बढैयातालमा थारु संस्कृतिक, कृषि, पर्यटन तथा माघ महोत्सव आयोजना हुने भएको छ ।

“राष्ट्रिय एकता ओ बिबिधता हमार शान, थारु भाषा, सहित्य कला संस्कृति बचैना हमार अभियान” भन्ने मुल नाराका साथ थारु कल्याणकारिणी सभा बढैयाताल गाउँकमिटीको आयोजना र बरघर संञ्जाल बढैयातालको समन्वयमा महोत्सव आयोजना हुन लागेको हाे । बढैयाताल वडा नं. ५ को कार्यालय र तालकाे उत्तर तर्फ पिकनिक स्पाेट नजिकै बसेको बैठक थारु कल्याणकारिणी सभाका पदाधिकारी सहित, थारु अगुवा, बरघर, युवाहरुको बैठकले माघ १५ गतेदेखि २५ गतेसम्म महोत्सव गर्ने निर्णय गरेको थारु कल्याणकारिणी सभा बढैयाताल कमिटीका सभापति शंकर प्रसाद थारुले बताए । महोत्सवमा ख्याती प्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने छ ।


महोत्सवमा थारु समुदायले प्रयोग गर्ने कला संस्कृति, भेषभुषा, खानाको परिकार, हस्तकला, कष्ठकला लागायत कृषि उत्पादनको प्रर्दशनी समेत गरिने छ । जसले थारु कला संस्कृति संरक्षण तथा प्रबद्र्धनमा टेवा पुग्ने र तमलकाे प्रचार प्रबर्द्धन हुने आयोजकले जनाएको छ । महोत्सवमा पौराणिक थारु नाच प्रतियोगिता समेत हुने आयोजकले जनाएको छ । बैठकबाटै आयोजकले महोत्सवका लागि आवश्यक उपसमिति समेत गठन गरेको छ । महोत्सवलाई सफल पार्नका लागि पालिका भित्रका थारु गाउँका बरघरहरु गाउँ गाउँबाट महोत्सव उद्घाटनका दिन स्थानीय कला संस्कृति झल्किने झाँकी सहितको सहभागी गराउन तयारी समेत गरिएको आयोजकले जनाएको छ ।

महोत्सव सफल गर्नका लागि थारु कल्याणकारिणी सभा बर्दियाका सभापति बिर बहादुर चौधरी, पुर्वा सभापति गोबिन्द चौधरी, बाँसगढी उद्योग बाणिज्य संघका पुर्वा अध्यक्ष राम सिंह थारु, थारु अगुवा ठाकुर सिंह थारु, बरघर संञ्जाल बढैयातालका अध्यक्ष भोदु प्रसाद थारु, थाकसाका संघिय पार्सद लल्लुराम थारु, बढैयाताल वडा नं ५ का अध्यक्ष तुलाराम थारु, वडा नं ९ का अध्यक्ष बिर बहादुर चौधरी, लेखक मेहीलाल थारु, शिक्षक लगायत बरघर तथा अगुवाहरुले सुझाव दिएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button