
माघ १ गते नेपालगन्ज ।
नेपाल मगर संघ बाँकेको नेपालगन्ज उपमहानगरपालिका समिति बाँके द्वारा आज नेपालगन्ज उपमहानगरपालिका वडा न.२० राँझा पशुपति मन्दिरमा माघे सकरातीको शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।
मगरहरुको राष्ट्रिय सांस्कृतिक पर्व माघे सकरातीको शुभकामना आदानप्रदान कार्यक्रमका संयोजक राजन राना मगर, प्रमुख अतिथि लुम्बिनी प्रदेश सामाजिकलेखा समिति संयोजक माया पुन मगर , विशिष्ट अतिथि , डम्बर थापा मगर, चेत बहादुर राना मगर, नेपालगन्ज उपमहानगरपालिका उप-प्रमुख कम्रुदिन राई , अतिथि नेपालगन्ज उपमहानगरपालिका पुर्व उपमेयर उमा थापा मगर, गगन सिङ थापा मगर, जनक पहराई मगर, कृष्णमान श्रेष्ठ , विष्णु श्रेष्ठ , आइते पुन मगर, लाल बहादुर थापा, छरिङलाल थापा मगर, चन्द्र घर्ती मगर लगायतको उपस्थिति रहेको थियोे ।
सांस्कृतिक झाँकी सहित निकालेको र्यालीमा मगर पहिचान झल्किने भेषभुषामा पन्चेबाजामा नृत्य समेत भएको थियोे । उता बिशिस्ट अतिथि डम्बर थापाले आफ्नो भाषा , मोैंलिक परम्परा जोगाइ राख्न यस्ता खाले कार्यक्रम बर्षैपिक्ष्य गर्नुपर्ने बताउनुभयो । तेस्तै कार्यक्रमका संयोजक राजन राना मगरले पनि आफ्नो कार्यकालमा नेपालगन्जलाई सफल सँगै वडा गठन , अन्य पालिका गठनमा सहकार्य , आदिवासीका कार्यक्रमहरुमा सकृयता रहेको बताएका थिए । उता प्रमुख अतिथि माया पुनले मगर पहिचान सँगै भाषाको उत्थान , सकृयता, राजनीतिमा पहिचान र मगर प्रगतिका लागि विभिन्न कार्यक्रम गरेर अगाडि जान सुझाव दिनु भएको थियोे ।




