राजनीतिसमाचार

केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएकी मिनालाई बाँकेमा स्वागत


नेपालगञ्ज, बाँके। नेपाल मगर संघ जिल्ला समन्वय समिति बाँकेको आयोजनामा आज मिति २०८३ जेठ २४ गते नेपालगञ्जस्थित गुम्बा परिसरमा महत्वपूर्ण बैठक सम्पन्न भएको छ।
नेपाल मगर संघ बाँकेका अध्यक्ष भुपेन्द्र पुन मगर को संयोजकत्वमा सम्पन्न बैठकले हालै सम्पन्न नेपाल मगर संघको महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएकी मिना पुन मगर लाई बधाई तथा स्वागत ज्ञापन गरेको छ। बैठकमा उहाँको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै मगर समुदायको हक, हित र पहिचानका लागि अझ प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको थियो।
त्यसैगरी, नेपाल मगर संघ जिल्ला समन्वय समिति बाँकेको रिक्त रहेका पदहरूमा पदपूर्ति गर्ने निर्णयसमेत गरिएको छ। बैठकले कोषाध्यक्षमा अमृता दर्लामी मगर र सह–सचिवमा माया थापा मगर लाई सर्वसम्मत रूपमा मनोनयन गरेको छ।
बैठकले मगर समुदायको मौलिक संस्कृति, परम्परा तथा पहिचान संरक्षण एवं प्रवर्द्धन गर्ने उद्देश्यले आगामी असार १ गते कोहलपुरमा भूमे पर्व भव्य रूपमा मनाउने निर्णय गरेको छ। पर्वलाई सभ्य, भव्य र समुदायको व्यापक सहभागितासहित सफल बनाउन आवश्यक तयारी तथा जिम्मेवारी बाँडफाँटसमेत गरिएको जनाइएको छ।
कार्यक्रममा नेपाल मगर संघ जिल्ला समन्वय समिति बाँकेका पदाधिकारी तथा कार्यसमिति सदस्यहरू, विभिन्न पालिका समितिका अध्यक्षहरू, प्रदेश सदस्यहरू लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले मगर समुदायको एकता, सांस्कृतिक संरक्षण तथा संगठन सुदृढीकरणका विषयमा आ–आफ्ना धारणा व्यक्त गरेका थिए।
बैठकले संगठनलाई अझ सक्रिय, व्यवस्थित र प्रभावकारी बनाउँदै मगर समुदायका सामाजिक, सांस्कृतिक तथा शैक्षिक हितका क्षेत्रमा निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रम सम्पन्न भएको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button