
नेपालगन्ज
बहुविवाह सम्बन्धी कानून संशोधन प्रस्तावप्रति अखिल नेपाल महिला संघ बाँकेले गम्भीर आपत्ति जनाएको अखिल नेपाल महिला संघ केन्द्रिय सदस्य तथा बाँके इन्चार्ज अछरी पोखरेलले बताइन ।
यसै विषयलाई लिएर अनेमसंघ बाँकेले जिल्ला प्रशासन कार्यालय बाँकेका सीडीयो धरमराज जोशीलाइ ज्ञापन पत्र बुझाएको पनि केन्द्रिय सदस्य पोखरेलले बताइन । विशेष गरी मुलुकी अपराध संहिता २०७४ लाई संशोधन गरी निर्धारित परिस्थितिमा बहुविवाहलाई वैधानिकता दिने सरकारको तयारीप्रति संघले कडा आपत्ति जनाएको पनि पोखरेलको भनाइ रहेको छ ।
२०७५ भाद्र १गते देखि पूर्णतया निषेध गरिएको मुलुकी अपराध संहिता २०७४ लाई संशोधन गरी निश्चित परिस्थितिमा बहुबिबाह गर्न पाउने कानुन ल्याउन लागेकोमा अनेमसंघको घोर आपत्ती छ घरमा श्रीमती हुदा हुदै बाहिरको अनैतीक सम्बन्धबाट जन्मेका सन्तानको अधिकारको बहानामा ल्याउन लागेको कानुन कदापी स्वीकर्न सकीन्न यहीबिरोध स्वरुप अनेमसंघ बाँकेले नेपाल सरकार कानुन मन्त्रालय सिंहदरवार काठमाण्डौमा जिल्ला प्रशासनकार्यालय बाँके मार्फत ज्ञापन पत्र बुझाइएको हो ।
यसैगरी अनेमसंघ बाँकेका अध्यक्ष मिना सुवेदी ढकालद्धारा हस्ताक्षरीत ज्ञापन पत्रमा भनिएको छ, ‘महिलाहरूले पितृसत्तात्मक उत्पीडनबाट मुक्ति पाउन दशकौँ लामो संघर्ष गरेका छन्, तर हाल प्राप्त अधिकारहरु कमजोर पार्ने प्रयास भइरहेको देखिन्छ ।’
ज्ञापन पत्रमा राजनीतिक प्रतिनिधित्वमा गठबन्धनका कारण सहभागिता घट्ने, विवाहको उमेर घटाउने जस्ता कानुनी प्रयास, र समानताको नाममा पछाडि पार्ने प्रवृत्तिको विरोध गरिएको छ ।
संघले भनेको छ,‘पितृसत्तात्मक सामाजिक संरचनाले महिलालाई शक्ति, सत्ता र सम्पत्तिबाट वञ्चित गरेको वर्तमान अवस्थामा यस्तो संशोधनले महिलामाथिको उत्पीडन थप संस्थागत गर्ने खतरा छ ।’
संघले नेपाल सरकार, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई उक्त प्रस्तावित कानूनी संशोधन तत्काल रोक्न जोडदार माग गरेको छ । संघका अध्यक्ष ढकालले यो विषयमा महिला समाज सचेत हुनुपर्ने आवश्यकता औंल्याउँदै, संशोधन अगाडि बढेमा थप संघर्षमा जाने चेतावनी पनि दिएकी छन् । ज्ञापन पत्र बुझाउने कार्यक्रममा अनेमसंघ बाँकेका विभिन्न तहमा रहेका महिला नेताहरुको उपस्थिति रहेको थियो । अनेमसघ परदेस कमीटी सदस्य अनीता पौडेल नगर अध्यक्ष रीना पौडेल लगायतको सहभागीता रहेको थियो ।





