राजनीतिसमाचार

रास्वपा पोर्चुगलको काल्दास दि रैना क्षेत्रमा उपसमिति गठन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रवास नेपाली सम्पर्क विभाग, पोर्चुगलले साङ्गठनिक विस्तारलाई तीव्र बनाउँदै काल्दास दि रैना क्षेत्रमा नयाँ उपसमिति गठन गरेको छ । हालै सम्पन्न विशेष भेलाले सन्जय कुमार महत्तोको संयोजकत्वमा ९ सदस्यीय उपसमिति सर्वसम्मत रूपमा चयन गरेको हो ।

सरोज यादवको संयोजनमा सम्पन्न भेलाले कार्यविभाजनसमेत टुङ्ग्याएको छ । उप–संयोजकमा बलबहादुर परियार, सचिवमा राजेश जङ्ग ठकुरी र कोषाध्यक्षमा कञ्चन लामा चयन हुनुभएको छ । सदस्यहरूमा पदमराज गुरुङ, अम्बिका पाण्डे, अम्बिका थापा, एन्जिला कुँवर र सरोज लामा तामाङ रहनुभएको छ ।

कार्यक्रममा प्रवास नेपाली सम्पर्क विभाग पोर्चुगलका संयोजक नरफगामी मगरको प्रमुख आतिथ्य रहेको थियो । साथै सीता सुवेदी ढकाल, उमेश खड्का र गोविन्द पोखरेल अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो । भेलामा ‘जेन्जी’ आन्दोलन र नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे गम्भीर छलफल गर्दै विचार र डेलिभरीमा आधारित नयाँ राजनीतिको आवश्यकता औँल्याइएको थियो ।

विभागका सचिव शिवराज कँडेलले सञ्चालन गर्नुभएको कार्यक्रममा वैचारिक विमर्शसँगै करिब २० जना नेपालीहरूले रास्वपाको सदस्यता पनि ग्रहण गरेका छन् । पोर्चुगलका विभिन्न सहरमा बढ्दो साङ्गठनिक सक्रियताले प्रवासमा रहेका नेपालीहरूमा वैकल्पिक राजनीतिको आशा जगाएको सहभागीहरूले बताएका छन् ।

पोर्चुगलमा कार्यरत एटीएम अनलाइन न्युजका संवाददाता चुडामणि पोखरेलले जानकारी दिनुभएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button