राजनीतिसमाचार

डुडुवा मगर अध्यक्षमा ओसीराम घर्ती मगर

नेपाल मगर संघ डुडुवा गाउँपालिका कमिटी गठन
नेपाल मगर संघ डुडुवा गाउँपालिका कमिटी गठन गरिएको छ। मगर समुदायको हक, अधिकार, पहिचान तथा सामाजिक–सांस्कृतिक उत्थानका लागि संगठित रूपमा अघि बढ्ने उद्देश्यसहित आयोजित भेलाबाट नयाँ कार्यसमिति चयन गरिएको हो।

कार्यक्रममा नेपाल मगर संघ बाँकेका अध्यक्ष भुपेन्द्र पुन मगर प्रमुख अतिथिका रूपमा उपस्थित रहनु भएको थियो। त्यसैगरी अतिथिका रूपमा निवर्तमान नेपालगन्ज उपमहानगरपालिकाका अध्यक्ष राजन राना मगर लगायत विभिन्न सामाजिक अगुवा, बुद्धिजीवी तथा मगर समुदायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

भेलाले ओसीराम घर्ती मगरको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। नवगठित कार्यसमितिको उपाध्यक्षमा सुनिता रोका मगर, सचिवमा गंगा रोका मगर, सह–सचिवमा तुलसा पुन मगर तथा कोषाध्यक्षमा पवि रोका मगर चयन हुनुभएको छ।

त्यसैगरी सदस्यहरूमा केसरी पुन मगर, नन्दकला पुन मगर, यशोदा राना मगर, सन्त राना मगर, रैमति पुन मगर, आश बहादुर पुन मगर, कुलेराम घर्ती मगर, भाग बहादुर घर्ती मगर र नरबहादुर घर्ती मगर चयन हुनुभएको छ।

कार्यक्रममा वक्ताहरूले मगर समुदायको भाषा, संस्कृति, परम्परा संरक्षण गर्दै सामाजिक एकता र विकासमा नेपाल मगर संघको भूमिका अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए। नवगठित कार्यसमितिले समुदायको हितमा सक्रिय र जिम्मेवार रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button