
नेपालगन्ज ।
३१ ओैं विश्व आदीवासी जनजाति दिवस बाँकेको नेपालगन्ज न्युरोड स्थित होटल आयुष्मामा भब्यताका साथ सम्पन्न भएको छ ।
आदिवासीजनजाति महासंघ बाँकेका अध्यक्ष डम्बर थापा मगरको संयोजकत्वमा भएको ३१औँ विश्व आदीवासी जनजाति दिवसका प्रमुख अतिथी लुम्बिनी प्रदेश माननीय तथा लुम्बिनी प्रदेश लेखा समिति सभापति माया पुन मगर रहनु भएको थियोे ।
प्रमुख अतिथी पुन मगरले कार्यक्रमको पानसमा बत्ति बालेर उदघाटन गर्दे नेपाल आदिवासीजनजाति महासंघ बाँकेले आदिबासीहरूको कला सस्कृति ,भाषा धर्मको संरक्षण पस्तुत गरि मनोरञ्जन तथा दिवस मनाएको हो ।
नेपाल आदिवासीजनजाति महासंघ बाँकेका अध्यक्ष थापाले बाँकेको आदिवासीजनजातिहरु आफ्नो हक हित र अधिकार प्राप्तिका लागि सजग बनाइ राखेको बताए ।
नेपाल आदिबासीजनजाति महासंघ बाँकेको कार्यक्रममा विशिष्ट अतिथि लुम्बिनी प्रदेश माननीय मिना श्रेष्ठ , नेपालगन्ज उपमहानगरपालिका उपमेयर कम्रुदिन राई , बाँकेका प्रहरी प्रमुख राम प्रसाद घर्ती मगर , अतिथि नेपालगन्ज उपमहानगरपालिका वडा न. ४ का अध्यक्ष गोपाल पुन, नेपालगन्ज उपमहानगरपालिका वडा न. २ का अध्यक्ष मनोज श्रेष्ठ , मगर संगठन बाँकेका सल्लाहकार समाजसेवी तथा व्यापारी संजय थापा , नेकपा एमाले बाँकेका अध्यक्ष निरक गुरुङ , सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी केन्द्रको जिल्ला अध्यक्ष दिपेन्द्र कुमार जोशी , नेपाल आदिवासी जनजाति युवा महासंघ बाँकेका अध्यक्ष जनक पहराई मगर , नेपाल आदिवासीजनजाति पत्रकार महासंघ केन्द्रीय सदस्य प्रज्वल श्रेष्ठ , नेपाल आदिवासीजनजाति महासंघ नेपालगन्ज उपमहानगरपालिका नगर कमिटी अध्यक्ष भुमण्डल श्रेष्ठ , चेत बहादुर घर्ती, मगर संघ बाँके , तमु समाज बाँके , तामाङ समाज बाँके , शेर्पा समाज बाँके , थारु समाज बाँके, नेपाल मगर संघ खजुरा गाउँ पालिका कमिटी , नेपाल मगर संघ डुडुवा गाउँ पालिका कमिटी , नेपाल मगर संघ नेपालगन्ज उपमहानगरपालिका वडा न.२० इकाई कमिटी लगायत विभिन्न संगठनका प्रतिनिधि सहित उपस्थिति रहेका थिए ।
तेस्तै ३१ ओैं विश्व आदीवासी जनजाति दिवस बाँकेको कोहलपुरमा पनि दिवस भब्य रुपले सम्पन्न भएको छ ।
नेपाल आदिवासीजनजाति महासंघ कोहलपुर नगर कमिटीको आयोजना र कृष्ण बहादुर पुनको संयोजकत्वमा भएको कार्यक्रम पनि छुट्टै मोैंलिक पहिचान सहित नगर परिक्रमा गरेर कार्यक्रम सम्पन्न गरेको अध्यक्षले बताए ।
३१ ओैं विश्व आदीवासी जनजाति दिवसको कार्यक्रम संचालन नेपाल मगर संघ नेपालगन्ज उपमहानगरपालिका कमिटी अध्यक्ष तथा नेपाल आदिवासीजनजाति महासंघ बाँकेका महासचिव राजन राना मगरले गर्नु भएको थियोे ।






