
बाँकेकाे नेपालगन्जमा नाम चलेका मेडिकलमै म्याद गुर्जिएका औषधी बिक्रीवितरण भएको देखिएकाे छ ।
विरामीले चेकजाँच पछि डाक्टरले लेखिएको प्रिप्केसन अनुसारका औषधी बिक्रीवितरणमम मेडिकलले म्याद सक्किएका औषधी दिने गरेकाे भेटिएको छ ।
नेपालगन्जमा अतिनै चलेकाे भनिएको प्रकाश मेडिकल डाक्टर प्रकाश नाग लेखिएको पर्चामै म्याद नाघेकमे औषधी उक्त मेडिकलबाट बिक्री भएको देखिएकाे छ ।
याे मेडिकल त उदाहरण मात्रै हाे यहाँका अधिकाशं मेडिकलमा म्याद सक्किएका औषधी बिक्रीवितरण हुने गरेका छन ।
यसकाे निगरानी तथा अनुगमन गर्न नेपालगन्जमा रहेकाे औषधी व्यवस्था विभाग र नेपालगन्ज उपमहानगरपालिकाकाे स्वास्थ महाशालाले भने चासाे देखाएको छैन । कतिपय मेडिकल र विभाग र नगर महाशाखाकै कर्मचारीबिच गतिलो सेटिङ्ग भएको खुल्न आएकाे छ ।
म्याद सक्किएकाे औषधी बिक्रीवितरण वारे प्रकाश मेडिकलका डाक्टर प्रकाश नागसँग बुझ्दा उनी यस बिषयमा आफुले बुझेर प्रतिक्रीया दिने बताउँछन् ।
नेपालगन्जका यस्ता मेडिकल अनुुगमन गर्न जरुरी छ । यसतर्फ विभागकाे तत्काल ध्यान जाओस् ।
सिद्दपाइला डटकमबाट साभार ।




