समाचार

नेपालगन्ज मेला स्थल बहिर अवैधानीक रुपमा पार्किङ शुल्क उठाउँदै


नेपाल घरेलुु तथा साना उद्योग महासंघ बाँकेको आयोजनामा नेपालगन्ज कारकादो सडक विभाग परिसरमा भैरहेको आठौँ प्रादेशिक घरेलु, कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी एवं व्यापार महोत्सव–२०८२ को मेलाले मेला स्थल बहिर अवैधानीक रुपमा पार्किङ शुल्क उठाएको पाइएको छ ।


यही पुस ३० गते देखी माघ १० गतेसम्म नेपालगन्जको सडक डिभिजन परिसर भित्र सञ्चालन रहेको महोत्सवमा झण्डै २०० बढी स्थानीय उत्पादनहरुको स्टलहरु राखेर लगाइएको मेला पार्किङ भने अवैध रुपमा मेला स्थल बाहिरको सडक हडपेर संघले शुल्क उठाएको हो । सडक नै अवरोध हुने गरी पार्किङ गर्ने व्यवस्था मिलाउदै आयोजकले पार्किङ शुल्क उठाएको छ ।


आठौँ प्रादेशिक घरेलु, कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी एवं व्यापार महोत्सव–२०८२ को मा प्रादेशिक महोत्सव नेपालगन्ज १८ बाँके पार्किङ टिकटको नाममा एउटा सवारी साधनको २०, ३० र ५० रुपैयाको रसिद काटिएको पाइएको हो ।

मेला हेर्न आएका एक ब्यक्तिले स्कुटर पार्किङ गरेको रु ३० रुपैया तिरेको बताए । उठाउन पाउने नपाउने वारे जानकारी भएन रसिद लिएर माग्न अए पछि ३० रुपौया तिरेर मेला अवलोकन गरेको र मेला टिकट काउन्टर अगाडि भने मेला समिति आफन्तले मोटरसाइकल पार्किङ गरेको देखिन्छ ।

नेपालगन्ज नगर प्रहरीलाई खबर छैन
मेला आयोजना गर्न नेपाल घरेलुु तथा साना उद्योग महासंघ बाँकेले नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रहरीलाई पार्किङको बिसयमा कुनै खबर पाप्त नभएको नगर प्रहरी प्रमुख सुरेश बोकटीले बताउनु भयो ।

नेपाल घरेलुु तथा साना उद्योग महासंघ बाँके अध्यक्ष तथा आठौँ प्रादेशिक घरेलु, कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी एवं व्यापार महोत्सव–२०८२ को मेलाका मूल समितिका संयोजक समरबहादुर खत्रीलाई सम्पर्क गरि पार्किङ शुुल्क बारे बुझ्न खोज्दा आफुले बुझेर जानकारी दिने बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button