
बाँके नेपालगन्जमा रहेको भेरी अस्पतालमा बिग्रिएर थन्किएका २८ वटा मेसिन राष्ट्रिय आविष्कार केन्द्रले मर्मत गरि पुन प्रयोग गर्न मिल्ने बनाइदिएका छन ।
एक हप्तामा राष्ट्रिय आविष्कार केन्द्रको टोलिले भेरी अस्पतालमा मर्मतका लागि थन्किएको २८ वटा मेसिन मर्मत गरी पुन प्रयोग गर्न मिल्ने बनाइदिएको भेरी अस्पतालका अध्यक्ष वीरेन्द्र बहादुर शाहले बताउनु भयो ।
भेरी अस्पतालमा रहेका मेसिनहरु मर्मत भएका र मर्मत हुन सक्ने मेसिनहरुको वृत्तचित्र राष्ट्रिय आविष्कार केन्द्रका इन्जिनियर टिमहरुले वृत्तचित्रबाट देखाएका थिए । वृत्तचित्रमा आइसीयू, मेडिकल वार्ड, ल्याब्रोटरी, एनआइसीयू, अप्रेसन थिएटर, रेडियोलोजी, पेडियाट्रिक, ओपिडी वार्ड लगायतका विग्रीएर थन्किएका मेसिनहरु मर्मत गरिदिएको बताएका थिए । तेस्तै भेन्टिलेटर, नेवुलाइजर, अटोक्लेव, एनेस्थेसिया भेन्टिलेटर, सिटि स्क्यान, ओटी लाइट, डिइएक्सए स्क्यान लगायत २८ वटा उपकरण मर्मतपछि पुन प्रयोग गर्न मिल्ने बनाइदिएको भेरी अस्पताल प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. सुवेदी धन्यवाद दिनुभएको थियोे ।




