समाचार

बाँकेमा १५ वर्षिय निशाको अपहरण : ४ दिन भयो मुद्दा दर्ता गर्न मानेन प्रहरी

नेपालगन्ज ।

विगत १ वर्षदेखि ‘लभजिहाद’ बाट परिचित नरैनापुर गाउँपालिका भित्र पटक पटक गरी दर्जन बढी बलात्कार, अपहरण, शरीर बन्धक लगायत घटना घटिसकेको तथ्यले देखाईरहेको अवस्था हुँदा समेत प्रहरी प्रशासनले कडाईका साथ पीडितलाई न्याय दिन नसक्दा फेरी सोही प्राकृतिको घटना घटेको छ ।

बाँकेको नरैनापुर गाउँपालिकामा एक जना नाबालिकको अपहरण भएको छ । बाँके नरैनापुरको वडा नं. २ मा १५ वर्षिय निशा देवी (नाम परिवर्तन) को अपहरण भएको बताईएको छ ।

यही पौष २९ गते राती ८ बजे घर नजिकै रहेकोको खेतमा शौच गर्न गएको बेला उनको अपहरण भएको बताईएको छ ।

घरमा शौचालय नभएकोले खेतमा शौच गर्न गएकी नाबालिक छोरीको सोही ठाउँ बस्ने २० वर्षिय तपसीर खाँ, २५ वर्षिय रियाज खाँ, २५ वर्षिय सिराज खाँ, ३५ वर्षिय जाकिर खाँ र ५० वर्षिय निजामुद्दीन खाँको समूहले अपहरण गरी लगेको पीडितको परिवारले जनाएका छन् ।

पीडित परिवारले दिएको जानकारी अनुसार बालिकालाई अपहरण गर्ने समूहले मुख थुनेर मोटरसाईकलमा राखेर बनियागाउँको बाटो हुँदै भारततिर लगेको बताए ।

छोरी एक घण्टासम्म सौच गरेर फिर्ता नआएपछि शंका लागेर खोजतलास गर्दा अपहरण गरेर बनियागाउँतिर लगेको खुल्न आएको परिवारले बताएको छ ।
अपहरण परेको उजुरी प्रहरी प्रशासनमा दर्ता गर्न खोज्दा ४ दिन बितिसक्दा पनि दर्ता नभएको गुनासो गरेका छन् । पीडितले स्थानिय जनप्रतिनिधिसँग मिलेर घटनालाई ढाकछोप गर्न लागी परेको स्थानीयको आरोप रहेको छ । यसभन्दा अगाडी पनि नरैनापुर गाउँपालिकाको घोडदौरिया मझरेरी र लक्ष्मणपुरमा यस्तै किसिमको ‘लभ जिहाद’को घटना भईसकेको भएपनि स्थानिय प्रशासन मौन रहेको छ ।

यसबारे इलाका प्रहरी कार्यालय भोजभगवानपुर प्रमुखले घटना हाम्रो जानकारीमा आईसकेको छ, हामीले त्यसबारे सम्बन्धित पक्षलाई न्याय दिलाउन पक्षमा लाग्नुका साथै दुई दिनको बिदा भएको हुँदा उजुरी दर्ता हुन नसकेको तथा भोलि उजुरी दर्ता गरिने बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button