समाचार

नेपालगन्जमा खुद्रा-खुद्रा व्यवसायिकको विशेष छलफल

नेपालगन्ज ।

नेपालगन्ज खुद्रा व्यवसायिहरुको संयुक्त ज्ञापन पत्रलाई आत्मसाथ गर्दै नेपालगन्जका खुद्रा व्यवसायी र तयारी कपडा, ब्याग, जुत्ता चप्पल तथा खुद्रा व्यवसायी संघ नेपालगन्ज बीच व्यवसायीक छलफल भएको छ । आज सोमबार नेपालगन्ज उद्योग वाणिज्य संघको सभाहलमा एक कार्यक्रमका विच प्रत्येक महिनाको पहिलो शनिबार व्यवसायिक विश्राम गर्ने निर्णय गरेको खुद्रा व्यवसायी संघ नेपालगन्जका अध्यक्ष हिमनाथ पौडेलले जानकारी दिए ।

अध्यक्ष पौडेलका अनुसार यही माघ महिना देखि नियमित रूपमा लागू हुने गरी महिनाको पहिलो शनिबार बन्द गर्ने निर्णय गरीएको छ । उनले भने, “यहाँका खुद्रा व्यवसायिहरुको भावनालाई लिखित रूपमा राखी आएको माग बमोजिम आफूहरुले सम्बोधन गर्दै महिनाको पहिलो शनिबार खुद्रा व्यवसाय बन्द गर्ने छलफलका बीच निर्णय लिएका हौ।”

नेपालगन्ज बजारमा रेडिमेट होलसेल,जुत्ताको होलसेलहरुले पहिले देखि नै हप्ताको एकदिन पसल बन्द गर्ने गरेका छन्। त्यस्तै आउँदो माघ पहिलो शनिबारदेखि खुद्रा व्यवसायिले पनि महिनाको एकदिन विश्राम गर्ने भन्दै खुद्रा व्यवसायी संघ अहिले सुचना प्रवाह गर्ने र प्रचार गरिने खुद्रा व्यवसायी संघका अध्यक्ष पौडेलले जानकारी दिए ।

अहिले व्यवसाय त्यति राम्रो नरहेको अवस्थामा प्रत्येक हप्ताको एकदिन बन्द गर्न नसकिने तर महिनामा १ दिन भएपनि परिवारको लागि समय दिन सकिने भएकाले यस्तो माग गरिएको खुद्रा व्यवसायिहरुको भनाई छ । खुद्रा व्यवसायी मालिक पनि आफै कामदार पनि आफै हुने अवस्था छ, यस्तो अवस्थामा हामिले प्रत्येक हप्ता त बन्द गर्न सक्दैनौं तर महिनाको एक दिन भए पनि घरमा समय दिन सकिने नेपालगन्ज घरबारिटोलका व्यवसायी हरिश बोगटीले भने।

६ वर्ष अगाडि यो नियम लागू भएपनी तीन वर्षदेखी असफल भएकोमा पुन सुचारु गरिने भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button