
नेपालगन्ज ।
नेपाल मगर साँस्कृतिक संघ बाँकेको अध्यक्षमा छवि घर्ती मगर सर्वसहमत चयन हुनुभएको छ । बुधबार सम्पन्न भएको नेपाल मगर साँस्कृतिक संघ जिल्ला कार्य समिति गठन तथा प्रथम भेला मार्फत घर्ति मगरको अध्यक्षतामा १५ कार्यसमिति चयन गरिएको हो ।
जसमा उपाध्यक्ष सुमी रोका मगर, सचिबमा वीरेन्द्र राना मगर, सह-सचिवमा दुर्गा रानामगर र कोषाध्यक्षमा राजु थापा मगर चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा कमला राना मगर, मित्रि राना मगर, अञ्जलि आले मगर, अमर थापा मगर, शिव घर्ती मगर, नैना पुन मगर, विनिता पुन मगर, मनोज पुन मगर, दीक्षा थापा मगर, लब्ली बिस्ट मगर चयन भएका छन् ।
मगर सँस्कार र सँस्कृतीको प्रबद्र्धन तथा थप साँस्कृतिक क्षमता अभिबृद्धि गर्ने उद्देश्यका साथ नेपाल मगर संघ बाँकेको आयोजनामा भएको उक्त कार्यक्रममा मगर संघ बाँकेका अध्यक्ष भुपेन्द्र पुन मगरको अध्यक्षता तथा नेपाल मगर साँस्कृतिक संघ केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज प्रेम विवश घर्ती मगरको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा नेपाल मगर संघका केन्द्रिय सदस्य डम्बर थापा मगर, गगन थापा मगर, पिनु थापा मगर, तिलक राना मगर, अमृता दर्लामी, जनक पहराई मगर लगायतको उपस्थिति उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन नेपाल मगर संघ केन्द्रीय सदस्य गगन बहादुर थापा मगरले गर्नुभएको थियो ।





