
नेपालगन्ज ।
प्युठानी युवा समाज बाँकेले आउने शनिबार वृहत वनभोज कार्यक्रम गर्ने भएको छ ।
`प्युठानी एकता आजको आवस्यकता´ भन्ने नाराका साथ वनभोज कार्यक्रम हुने भएको हो । प्युठान जिल्लाबाट बाँकेमा आएर बसेका सम्पूर्ण जिल्लाबासीहरुलाई एकताबद्ध समेट्ने उद्देश्यले वनभोजको आयोजना गरिएको समाजका अध्यक्ष बिष्णु श्रेष्ठले बताउनुभयो ।
उहाँले वनभोजमा प्युठानका कला संस्कृती एवं मनोरञ्जनात्मक कार्यक्रम गर्ने बताउनुभयो । कोहलपुरको गाबर अबस्थित लायन्स पार्कमा उपस्थिति हुन र नाम रजिस्टर गरिदिनु हुन सबै बाँके प्युठानीहरु ऐक्यबद्धता भई एकता सद्भाव सदैब राखिदिनका लागि उपस्थिति भईदिन अध्यक्ष श्रेष्ठले आग्रह गर्नु भयो ।
बनभोज कार्यक्रममा सम्पुर्णलाई निमन्त्रणा भइसकेको र यो बनभोज मात्र नभई प्युठानी एकता, सामाजिक भाइचाराका निम्ति बार्षिक बनभोज कार्यक्रम राखेको प्युठानी युवा समाजका सचिब रोशन केसीले बताउनुभयो ।





