समाचार

गोपाल नीना फाउण्डेशनको एक दिवसीय नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

बर्दिया ।
गोपाल नीना फाउण्डेशनले बर्दियामा विशेषज्ञ डाक्टरहरुबाट एक दिवसीय निशुल्क स्वास्थ्य शिबिर सम्पन्न गरेको छ।

स्वास्थ्य सेवाको पहुँचबाट वञ्चित समुदायलाई लक्षित गरी शनिबार आयोजित विशेष स्वास्थ्य शिविरबाट २ सय ९४ जनाले चेकजाँच सहित सेवा लिएको गोपाल निना फाउन्डेसनका प्रबन्धक निर्देशक दिलिप गिरिले बताउनु भयो ।
फाउण्डेशनका सहनिर्देशक डा. तृप्ती पाल रमणले दिएको जानकारीअनुसार नि:शुल्क स्वास्थ्य शिविरमा सबै रोगहरुको चेकजाँच गरिएको थियो । सो शिबिरमा अनुभवी तथा दक्ष डाक्टर डा. नैमुद्दीन अन्सारी, डा. मेघा मण्डल, डा. ऋषभ श्रीवास्तव, डा. कमल नारायण रस्तोगी, डा. चन्दन सिंह, डा. सचिन लगायत गोपाल निना फाउन्डेसन टिम , बर्दिया ठाकुर बाबा नगरपालिका ,ठाकुरबाबा स्वास्थ कार्यलय , ठाकुरबाबा नगरपालिका वडा न.८,अन्नपूर्ण ग्यास्ट्रो हस्पिटल , गणेशमान चोक ड्रस स्टोर , सेभेन क्याफे, अन्नपूर्ण ग्याष्ट्रो औषधि आपूर्ति तथा आवश्यक औषधि सहयोग Nepal Medical and Sales Representing Association (NMSRA) लगायतको सहकार्यमा एकदिने शिविर सम्पन्न भएको हो ।

नि:शुल्क चेकजाँच सुरुवात ठाकुरबाबा नगर पालिकाका प्रमुख टेक बहादुर बडुवाल उद्घाटन तथा सुरुवात गरिएको फाउन्डेसन प्रबन्धक निर्देशक दिलिप गिरिले बताउनुभयो ।

निशुल्क शिविर कार्यक्रम संयोजक दिलिप गिरि, प्रमुख अतिथि ठाकुर बाबा नगरपालिका अध्यक्ष टेक बहादुर बडुवाल, अतिथि डा. गौरव श्रेष्ठ, अध्यक्ष गोपाल नीना फाउण्डेसन नेपाल , डा. तृप्ति पाल रमण प्रबन्ध निर्देशक, स्वास्थ्य इन्चार्ज ओम बाहादुर चुनारा , वडा प्रतिनिधि , वडा कर्मचारीको उपस्थितिमा उक्त एक दिने बृहत स्वास्थ्य शिविर सम्पन्न भएको थियोे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button