राजनीतिसमाचार

पाल्पा–२ मा यसपटक चुनाव चिन्ह “चक्र” मा

राम बहादुर अस्लामी मगर (रोशन)
पाल्पा क्षेत्र नम्बर–२

किन मेरो उम्मेदवारी ?
Gen-Z विद्रोह र आन्दोलनले दल र तिनका नेताहरू कति भ्रष्ट र पतित छन् भन्ने कुरा भदौ २३ र २४ गतेका घटनाले घामझैँ छर्लङ्ग पारेको छ। यही यथार्थका आधारमा दलतन्त्रबाट मुक्त भई नागरिकतन्त्र (Citizenism) स्थापना गर्ने संकल्पसहित मैले पाल्पा क्षेत्र नम्बर–२ बाट चुनाव चिन्ह “चक्र” लिएर प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दिएको हुँ।

अब कुरा गरौँ—नागरिकतन्त्रको
आज लोकतन्त्रको नाममा देशमा दलतन्त्र चलिरहेको छ।
By the people को सट्टा By the party,
For the people को सट्टा For the party,
To the people को सट्टा To the party
चलिरहेको यथार्थ हामी सबैका सामु छ।

यसैले दलतन्त्रको विकल्पका रूपमा नागरिकतन्त्र स्थापना गर्न म दरिलो विचार र स्पष्ट विकल्पसहित चुनावी मैदानमा उत्रिएको हुँ। दलतन्त्रले निम्त्याएको चरम दलियकरण, व्यथिति र असफलताका विरुद्ध मेरो उम्मेदवारी हो।

किन नागरिकतन्त्र ?
दलतन्त्रमा सांसदमाथि दलको ह्वीप लाग्छ। सांसद स्वतन्त्र हुँदैन, नेताको आदेशपालक मात्र बन्छ। जब देशको सांसद नै स्वतन्त्र छैन भने आम नागरिक कसरी स्वतन्त्र हुन सक्छ ?
यही प्रश्नको व्यवहारिक उत्तर दिन र सांसद कति स्वतन्त्र हुनुपर्छ भन्ने कुरा व्यवहारबाट देखाउन मैले उम्मेदवारी दिएको हुँ।

रैतीबाट नागरिकतर्फको यात्रा
हामी रैती थियौँ,
रैतीबाट प्रजा भयौँ,
प्रजाबाट जनता भयौँ,

अब जनताबाट सचेत नागरिक बन्ने समय आएको छ।

यही अठोटका साथ मैले उम्मेदवारी दर्ता गराएको हुँ। हामी हल्ला, भिड र लहडको भरमा आएका होइनौँ—विचार, दर्शन र प्रतिबद्धतासहित आएका हौँ।

No Left / No Right — Only Centrist
हामी भन्छौँ—No Left, No Right, Only Centrist।
आज हामीले उपभोग गर्ने वस्तुदेखि नीति निर्माण गर्ने दर्शनसम्म सबै आयातित छन्। हाम्रो मौलिक उत्पादन र दर्शन कहाँ छ ?

त्यसैले पश्चिमी दर्शनको अन्धानुकरण होइन, हाम्रो हावापानी, माटो र सभ्यतामा जन्मिएको पूर्वीय दर्शनमा आधारित ‘मध्यम मार्गी (Centrist) विचारधारा’ नै देशको सही विकल्प हो भन्ने हाम्रो विश्वास हो।

नयाँ युगको शुरुआत
मलाई पूर्ण विश्वास छ—हाम्रा शहीदहरूको सपना साकार पार्न तपाईंहरूले आफ्नो स्वविवेक प्रयोग गर्नुहुनेछ।
म तपाईंहरूप्रति आशा र भरोसा राख्दछु कि मलाई तपाईंहरूको सेवा गर्ने अवसर दिनुहुनेछ।

भदौ २३ र २४ गतेको Gen-Z विद्रोह र आन्दोलनले इतिहास बदल्ने स्वर्णिम अवसर प्रदान गरेको छ।
हामी सबै मिलेर नयाँ युगको शुरुआत गर्नेछौँ,
नयाँ नेपाल निर्माण हामीले नै गर्नेछौँ।

चुनाव चिन्ह “चक्र” मा मतदान गरौँ।
राम बहादुर अस्लामी मगर (रोशन)
पाल्पा क्षेत्र नम्बर–२
प्रतिनिधि सभा सदस्य (प्रत्यक्ष) उम्मेदवार
📞 सम्पर्क : 9860984660

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button