Uncategorized

कर्णाली पत्रकार समाज नेपालगन्ज गठन : अध्यक्षतामा कमल न्याैपाने

नेपालगन्ज ।

कर्णाली प्रदेशबाट बाँकेमा आइ पत्रकारिता गरिरहेका पत्रकारहरु संगठित भएका छन् । बुधबार नेपालगन्जमा एक भर्चुअल मिटिङ गरेर उनीहरुले कर्णाली पत्रकार समाज नेपालगन्ज गठन गरेका छन् ।


दैलेखबाट नेपालगन्जमा आएर पत्रकारिता गरिरहेका कमल न्याैपानेकाे अध्यक्षतामा सात सदस्यीय कर्णाली पत्रकार समाज गठन गरिएकाे हाे । उक्त समाजकाे उपाध्यक्षमा गणेश विशु रुकुम पश्चिम, सचिवमा जयपति ढकाल हुम्ला र रजनी याेगी दैलेख काेषाध्यक्षमा निर्विराेध चयन भएका छन् । त्यस्तै कमल डाँगी सुर्खेत, शुभाकर विश्वकर्मा जुम्ला र सिवानी विक जुम्ला सदस्यमा निर्विराेध चयन भएका नवनिर्वाचित अध्यक्ष न्याैपानेले जानकारी दिए ।


कर्णालीका विभिन्न जिल्लाबाट बाँकेमा आइ पत्रकारिता गर्ने पत्रकारहरु दर्जन बढी छन् । उनीहरुकाे सुरक्षा र हक अधिकारका लागि याे समाजले पैरवी गर्ने उनकाे भनाइ छ । समाजले ६ महिनाभित्र विधान तयार गरी बृहत् भेला गरिने उनकाे भनाइ छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button