समाचार

गुम्ती नास्ता पसलमा आगलागी : आगलागी शंकास्पद

नेपालगन्ज
बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा न.१८ कारकादो सिक्टा सिचाइ सामुन्ने रहेको खाजा , नास्ता , चिया पसलमा आगलागी भएको छ ।

हिजो साझ राती अन्दाजी ११ बजेतिर दनदनी बलिरहेको अवस्थामा खबर पाएको साउनी बसन्ती माझीले बताउनु भयो । स्याङ्जाबाट २०६० सालमा नेपालगन्ज आएसँगै टिन र काठबाट बनेको गुम्ती पसलबाट परिवार चलाउदै आएकी माझीको २१ बर्षमा एक्कासी यस्तो आगलागी भएको माझी बताउँछिन् ।

आगोलागीबाट गुम्तीमा रहेको फ्रीज , स्टाइप्लाजर , पंखा , चाउचाउ , दालमोट , पानीका बोतल , पानी जार , टेबल लगायत सामान जलेको र छोरा बाबुको भुड्की – भुड्कीमा केही रुपैया अनि पासबुकमा जम्मा गर्न भनि राखेको २ हजार ५ सय रुपैयाँ समेत जलेर नष्ट भएको बसन्ती माझी बताउनु हुन्छ ।

आगलागी भए लगत्तै , कारकादो प्रहरी बिट टोली , स्थानीयबासी, दमकलको सहयोगमा आग नियन्त्रणमा लिए पनि सामान सम्पुर्ण जलेर नष्ट भएको माझी बताउनु हुन्छ ।

माझिका अनुसार आगलागी हुनुभन्दा अगाडि गुम्ती तथा पसलमा २/३ पटक ढुङ्गा , इट्टा फालिएको र सिक्टा सिचाइ कार्यलय प्रांगणको भित्रपनि इट्टा हानिएको केहिछिन पछि एक्कासी गुम्तीमा आगलागी भएको देखेको सिक्टा सिचाइका सुरक्षा गार्ड समसुल बागवानले गुम्ती साउनी माझीका श्रीमानलाई आगलागी भएको खबर गरि जानकारी दिएको माझी बताउनुहुन्छ ।


यिनै विसयलाई लिएर हामी सुरक्षा गार्डलाई भेट्न जादा नाइट डिउटी भई घर गएको र नेपाल सरकार जलस्रोत तथा सिचाइ मन्त्राालय जलस्रोत तथा सिचाइ विभाग सिक्टा सिचाइ आयोजना नेपालगन्ज बाँकेका लेखा उपसचिव तुकमान पुन मगरलाई बास्तबिकता के हो हजुरको कार्यलय प्रांगणमा पनि ढुंगा , इट्टा फालिएको भनि प्रश्न गर्दा सिक्टा सिचाइ प्रांगणमा पनि केहि ईट्टाका टुक्रा भेटिएको र विस्तृत जानकारीका लागि बाँके जिल्ला प्रहरी कार्यलय निवेदन दिन लागेको उपसचिव पुनले बताउनु भयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button