समाचार

ब्यवसाय दर्ता, नविकरण तथा अनुगमन अभियानमा खजुरा गाउँपालिका

पुस १ गते सोमबार नेपालगन्ज ।

बाँकेको खजुरा गाउँपालिकाले पालिकामा रहेका ब्यवसाय दर्ता, नविकरण तथा अनुगमन अभियान सुरु गरेको छ ।

खजुरा गाउँपालिकाले वडा नम्बर एक देखी आफ्नो आठ दिने ब्यवसाय दर्ता, नविकरण तथा अनुगमन अभियान सुरु गरेको हो ।

पालिकामा रहेका सबैखाले ब्यवसायको अभिलेखिकरण र ब्यवसायको अनुदान तथा करको दायरामा ल्याउन पालिकामा रहेका हरेक ब्यवसायीको घरदैलोमै पुगि ब्यवसाय दर्ता, नविकरण तथा अनुगमन अभियान सुरु गरिएको खजुरा गाउँपालिकाको राजस्व शाखाका प्रमुख भक्त बहादुर रावतले जानकारी दिएका छन् ।

शाखा प्रमुख रावतको नेतृत्वमा सुरु भएको अभियानमा प्रशासन शाखा प्रमुख विवेक सिंह तथा खजुरा गाउँपालिका वडा नम्बर १ का अध्यक्ष मानविर क्षेत्री समेत सामेल थिए ।
वडाअध्यक्ष क्षेत्रीले पालिकाले सुरु गरेको दर्ता, नविकरण तथा अनुगमन अभियानले ब्यवसायीलाई नै फाइदा हुने र पालिकाले प्रदान गर्ने सेवासुविधा सहित अनुदानको लागी समेत राम्रो हुने बताएका थिए ।

वडा तथा पालिकामा रहेका ब्यवसायको आकडा र सोको जानकारी मात्रै नभएर वडा तथा पालिकामा रहेका ब्यवसायको अवस्थाको बारेमा सहि जानकारी हुने र पालिकाले आगामी दिनमा योजना गराउन सहज हुने हुँदा सबै ब्यवसायीलाई समयमै आफ्नो ब्यवसाय दर्ता र नविकरण गर्न आव्हान गरेका छन ।

उता खजुरा गाउँपालिकाले सिमित बजेटमा ब्यवसायिलाई अनुदानमुलक कार्यक्रम संचालन गर्न लागेको र सोको लागी पनि ब्यवसाय दर्ता गर्न खजुरा गाउँपालिकाको राजस्व शाखाका प्रमुख भक्त बहादुर रावतले जानकारी गराउदै अनुगमन समेत गरेका थिए ।

खजुरा गाउँपालिका वडा नम्बर १ मा धेरैजसो ब्यवसाय दर्ता नभएको पाइएको छ भने पालिकामा ब्यवसाय दर्ता गर्नु पर्छ भन्ने सामान्य जानकारी समेत नभएको पाइएको छ । यस्तोमा पालिकाले संचालन गरेको यो अभियान आवश्यक रहेको र आगामी दिनमा समेत पालिकाले यस्तै खाले ब्यवसायी माझ कार्यक्रम संचालन गर्नुपर्ने राय तथा सुझाव समेत प्राप्त गरेको शाखा प्रमुख रावतले जानकारी दिए ।

खजुरा गाउँपालिकाले सुरु गरेको ब्यवसाय दर्ता, नविकरण तथा अनुगमन अभियान खजुराको आठै वटा पालिकामा हुनेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button