
नेपालगन्ज,
रक्तदानको महत्वबारे जनचेतना अभिवृद्धि गर्दै रगतको अभाव न्यूनीकरण गर्ने उद्देश्यले नेपालगन्जमा शनिबार बृहत् रक्तदान कार्यक्रम आयोजना हुँदैछ। गोपाल–नीना फाउन्डेसन नेपालको आयोजनामा तथा जनमत अर्धसाप्ताहिकको सहकार्यमा कार्यक्रम हुन लागेको हो। यो जनमत रक्तदान अभियानको ७१औँ शृङ्खला हो। असोज ३ गते शनिबार (१९ सेप्टेम्बर २०२६) बिहान ८ बजेदेखि १२ बजेसम्म नेपालगन्ज–१०, गणेशमान चोकस्थित अन्नपूर्ण ग्यास्ट्रो केयर अस्पतालमा कार्यक्रम सञ्चालन हुनेछ।
कार्यक्रममा अन्नपूर्ण ग्यास्ट्रो केयर अस्पताल, अन्नपूर्ण डायग्नोस्टिक ल्याब, नेसनल प्याथ ल्याब, आराध्या मेडिको, नेपाल स्वयंसेवी रक्तदाता समाज बाँके, हेल्थ याद आयो, कलाकृति कलेक्सन, सेभेन क्याफेलगायतका संस्थाहरूले समन्वय तथा सहकार्य गर्ने जनाइएको छ। यस्ता संस्थागत सहकार्यले रक्तदान अभियानलाई निरन्तरता दिन सहयोग गर्दै आएको छ। ‘रक्तदान गरौँ, जीवन उपहार दिऔँ’ भन्ने सन्देशसहित आयोजना हुने कार्यक्रममा इच्छुक रक्तदातालाई सहभागी हुन आयोजकले आग्रह गरेको छ।





