अर्थ/वाणिज्यसमाचार

ह्वात्तै बढे चियागन्जमा चिया खानेहरु

नेपालगन्ज ।
पछिल्लो समय कफिको पारखी बढेपनि चियाको चुस्के लिनेको पनि उत्तिकै भिडभाड छ । उहिल्यैबाट हो चिया पिउने अनि स्वाद लिनेको चनल रहेपनि हिजोआज फेरि चिया पारखी ह्वात्तै बढेको पाईन्छ ।


छुट्टै स्वाद र विभिन्न ब्रान्डका चियाका लागि यतिबेला नेपालगन्जमा चियागन्जले तहल्का मच्चाईरहेको छ । चिया पारखीका लागि स्वादिष्ट चियाको थलाे मात्र हाेइन युवा युवती देखि जेष्ठ नागरिकसम्म चियाको स्वाद लिन चियागन्ज आएको सन्चालक समिति मध्येका एक राेशन केसी बताउँछन् ।


पाथि इन्भेस्टमेन्ट संस्थाका १५ जना युवाकाे समुहले सामुहिक रुपमा चियागन्ज संचालनमा ल्याएको हो । सात प्रजातीका चिया पाउने चियागन्जमा सबेैभन्दा बढी एप्पल र पानको चिया बढि बिक्री हुने गरेको केसी बताउछन् ।

तेस्तै नयाँ बर्षको अवसरमा रु १ को चियाले निकै चर्चा पाएको चियागन्जले व्यावसाय भन्दापनि चिया स्वादका लागि प्रचारप्रसारमा ध्यान दिएको र नयाँ बर्षको दिन झण्डै पच्चीस सय चिया उक्तदिन बिक्री भएको संचालक समिति बताउँछन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button