
नेपालगन्ज ।
बोैंद्द धर्म संघ केन्द्रीय समिति नेपालगन्ज बाँकेले २५६९ औँ बुद्ध जयन्ती भब्यताका साथ सम्पन्न भएको छ ।
बोैंद्द धर्म संघ केन्द्रीय समिति नेपालगन्ज बाँकेका कार्यबाहक अध्यक्ष नुरी सेर्पाको संयोजकत्वमा भएको कार्यक्रम तथा नेपालगन्ज परिक्रमामा प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिका उप प्रमुख कमरुदिन राई , विशिष्ट अतिथि नेपाल मगर संघ केन्द्रीय सदस्य तथा नेपाल आदिवासी जनजाति महासंघ बाँके अध्यक्ष डम्बर थापा, जिल्ला प्रहरी प्रमुख एसपी राम प्रसाद घर्ती मगर , अतिथि नेपाल मगर संघ बाँके जिल्ला अध्यक्ष भुपेन्द्र पुन मगर , नेवा पुच बाँकेका अध्यक्ष जितेन्द्र जोभी, नेपाल सेर्पा संघका अध्यक्ष लाक्पा सेर्पा , नेपाल तामाङ घेतुङ संङ बाँकेका अध्यक्ष सरोज तामाङ , नेपाल आदिवासी जनजाति नेपालगन्ज उपमहानगरपालिका समितिका अध्यक्ष भुमण्डल श्रेष्ठ , अमिता श्रेष्ठ , कृष्ण पुन मगर , काली बहादुर रोका मगर, बिनु थापा मगर , माइली तामाङ , भुश्री लाक्पा सेर्पा, छिरिङ लामा सेर्पा , निमा सेर्पा , बोैंद्द गुम्बा मुल पुजारी गुना बहादुर लामा लगायतको उपस्थितिमा कार्यक्रम सुरु भएको थियोे ।
वैशाख शुक्ल पूर्णिमाकै दिन बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले यस महत्वपूर्ण जन्मोत्सवको रुपमा लिने गर्दछन । यसैलाई निरन्तरता दिदै बैशाख २९ गते नेपालगन्ज न्युरोडमा रहेको बोैंद्द गुम्बा परिसरबाट बुद्ध मुर्ति सहित विभिन्न जातीय भेषभुषा सहित नेपालगन्ज परिक्रमा गरि पुन गुम्पा परिसर आई र्याली समापन तथा शुभकामना कार्यक्रम सुरु भएको थियोे ।
शुभकामना आदानप्रदान कार्यक्रममा सबैले आआफ्नो भनाई राख्दै सबैले कसरी हुन्छ बोैंद्द गुम्बा बिकास , संरक्षण नियमित अनुगमन जस्ता विसयमा आआफ्ना भनाई राखेका थिए भने भक्करै बाँके जिल्लाको प्रहरी प्रमुख जिम्मेवारी पाउनु भएका एसपी राम बहादुर घर्ती मगरले गुम्बा लगायत जनजाति क्षेत्रमा के कस्तो सहयोग गर्न सकिन्छ भन्नू होला सकेको र हुने सहयोग गर्ने बताउनु भयो ।

तेस्तै २५६९ औँ बुद्ध जयन्तीको कार्यक्रम संचालक राजन राना मगरले बाँकेमा रहेका सम्पुर्ण आदिवासीहरु एक हुने समय आएको र एक अर्कामा सहयोग र हातेमालो गरि कार्यक्रम सफल र भब्य बनाउन लाग्नु पर्ने सुझाव दिनु भएको थियोे भने कार्यक्रम सभापति नुरी सेर्पाले कार्यक्रम उपस्थिति भई आफ्नो भनाई राखिदिनु भएका सम्पूर्ण अतिथिहरुलाई विशेष धन्यवाद दिनु भएको थियोे ।




