राजनीतिसमाचार

आज पश्चिम यात्रा हो नेपालगन्जमा बालेन-रबि शिर्षनेता आउनुहुनेछ

राष्ट्रिय स्वतन्त्रत पार्टीका बरिस्ठ नेता बालेन साह नेपालगन्ज अवतरण गरेसँगै पश्चिम-सुदूरपश्चिमको यात्रामा निस्किएका छन ।


नेपालगन्जको राँझा विमानस्थलमा अवतरण गरेका उनलाई जेनजीयुवाहरु, सर्वसाधारण र रास्वपा समर्थक तथा कार्यकर्ताहरुले भव्य स्वागत सँगै नगर परिक्रमा गराइएको थियो । विहानै नेपालगन्ज एयरपोर्ट खुले पनि प्लेन ढिला भएपछी उनि निर्धारित समय भन्दा निकै ढिला नेपालगन्ज पुगेका छन् । तर बालेनका समर्थक एका विहानैदेखि राँझा विमानस्थलमा उपस्थित भईसकेका थिए। बाँके क्षेत्रनं. १ का रास्वपा उम्मेद्वार सुरेश थारु, बाँके क्षेत्र नं.२ का रास्वपा उम्मेद्वार विवेक श्रेष्ठ, क्षेत्र नं.३ का उम्मेद्वार खगेन्द्र सुनार र बर्दिया क्षेत्र नम्बर १ उम्मेदवार ठाकुर सिंह थारु लगायत जिल्लाका नेताहरु बिहानैदेखि नेपालगन्जको विमानस्थलमा आफ्ना समर्थक सहित उपस्थित थिए ।

पश्चिम यात्रामा निस्केका बालेन नेपालगन्ज उत्रिएसँगसँगै बाँके क्षेत्र नं.२ र १ को रास्वपा सचिवालय उद्घाटन तथा रिबन काट्ने योजना रहेपनि अत्यधिक चाप, भिडभाड र प्लेन ढिलाका कारण बाहिरैबाट उद्घाटन गरि गएको रास्वपा बाँके क्षेत्र न.२ का उम्मेदवार विवेक श्रेष्ठले बताउनुभयो । अहिले पश्चिम यात्रामा हुनुहुन्छ हामीले बाँकेबाटै जाने भएका कारण सामान्य भेटघाट तथा स्वागत कार्यक्रम मात्र राखेको र पछि हाम्रो घरदैलो यात्रामा बाँकेमा बालेन, रबि लगायत रास्वपाका शिर्ष नेताहहरु आउने क्षेत्र न.२ का उम्मेदवार विवेक श्रेष्ठले बताए ।

एयरपोर्टमा थामिनसक्नु भिडभाडले केहि समर्थनहरुलाई सामान्य चोटपटक लागेको बताए । उता विपक्षीहरुलाई सामान्य घाइतेलाई लिएर विभिन्न टिपा टिप्पणी समेत गरेको देखिएपनि हामी हाम्रा समर्थनहरु सधैं रास्वपा रहेको र रास्वपाको चुनाव चिन्ह `घण्टी´ मा मतदान गर्नेछन भन्ने ढुक्क रहेको श्रेष्ठ बताउनु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button