अन्यअर्थ/वाणिज्यखेलकुदराजनीतिविदेशसमाचारसाहित्य

कलाकारको पैसा कमाउने अर्को भाँडो ‘टिकटक लाईभ’

कार्तिक २३ गते बाँके । (समीर शाही)

सामाजिक सञ्जाल मध्य सर्वाधिक प्रयोगमा आउने टिकटकमाथि लगाइएको प्रतिबन्ध सरकारद्वारा हटाइए पछि पुन प्रयोगमा आएको छ । यसरी गरेको प्रतिबन्ध हटाइए पछि नेपालीको अधिकांस समय यसैमा बित्ने गरेको पाइन्छ । कोही लाइभ बसेर समय बिताएको भने कोही विभिन्न भिडियो मा नाच्दै गाउँदै गरेको ।

यहीबीच नेपालका चर्चित भनिने कलाकारलाई पनि टिकटकको भुत चडेको देखिन्छ । इज्जत हुने पनि लाइभमा मुख खोलेरै गिफ्ट मागेको हुन्छन् त, कोही कानले सुन्न नसक्ने गाली गरिरहेका हुन्छन् ? के नेपालका चर्चित सेलिब्रेटीको ट्याग भिरेका नमुक कलाकारले टिकटक लाईभमा गिफ्ट माग्ने, मुख छाडेर बोल्ने हर्कत उचित होला त ? उनीहरूले आफूलाई यस्तो उस्तो गिफ्ट देऊ भनी भिक मागे झै मागेको सुहाउँछ त ?

साना-ठूला पर्दा बीच देखिदै आएका अनुहार मध्यका हुन् धतुरे अर्थात् सीपी पुडासैनी र खुपीका बाउ अर्थात् कमलमणि नेपाल । उनीहरू बेलाको बेला टिकटक लाइभमा देखिन्छन् । टिकटकमा करिब कमलमणि नेपाल को २ लाख उनिसी हजार र पुडासैनीको ३ लाख ४ हजार २ सय को मात्रामा फलोवर्स छन् । उनीहरूको लाइभमा हजारौंको फलोवर्स हुन्छन् । उनीहरू आफ्नो भ्यूअर्ससंग अनुरोध गर्दै बस्छन् ‘मालाई रोज फ्याक्नु, मलाई जिताउन पर्यो यस्तै मलाई चस्मा, टोपी लगाइदिनुस् ‘ ।

त्यस्तै, अर्का उदाहरण हुन कलाकार जय किशन बस्नेत । उनी प्राय रातिपख टिकटक लाईभमा देखिन्छन् । उनी आफ्नो भ्यूअर्ससंग घण्टौं समय लाइभमै बिताउँछन् । कहिले काही त उनको रक्सीको मातसँग लाईभ देख्ने गरिन्छ । कहिले होस्मै हुन्छन् त कहिले आफ्नो भ्यूअर्सको सामु मुखमा आएको गाली ग्लोज गर्दै बसेका हुन्छन् । उनले लाईभमा- ‘ प्लिज मलाई चस्मा लगाइदिनुस् ‘। भन्दै कराउँछन् । घण्टौं सम्म लाइभ बस्ने उनी चस्मा,टोपी,विमान जस्ता क्वीइन उनका लागि आम्दानी हो ।

यी सबै एक प्रतिनिधि पात्रका रूपमा हेरिन्छ । यिनीहरूका साथै, कलाकार तथा मोडल सुष्मा कार्की, हास्य टेलिसिरियल ‘ सक्किगोनी ‘ का चर्चित पात्र ‘ काकु ‘ अर्थात् दीपक आचार्य जस्ता अरु कलाकारलाई पनि सधैंझै लाईभमा देख्न सकिन्छ।

अर्कोतिर युट्युवमा फेमस रियालिटी शोको रूपमा चिनिएको ‘ द ब्लाइन्ड डेट’ बाट चर्चामा आएकी शिलु पोख्रेल पनि आफ्नो भ्यूअर्ससंग सँग गिफ्ट माग्दै गरेकी देखिन्छिन्।

समाजका सुपरिचित कलाकारका ट्याग लागेका व्यक्तिले फुर्सदको समयमा टिकटकबाट आफ्नो फ्यानलाई मनोरञ्जन दिनु ठीक हो । तर, यसरी मुखै खोलेर आफ्नो चर्चाको फाइदा उठाउँदै पैसा अर्थात् क्वाइन माग्नु के उचित होला र ? उनीहरूले मलाई यस्तो गिफ्ट देऊ भन्दै चिच्याउन सुहाउला र ?

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button