अन्यसमाचार

पूर्वराजाका नातिले जुम्ला भ्रमणबारे बनाएको भिडिओबारे ‘चलेको चर्चा र गरिएको आशङ्का’

पूर्वराजपरिवारका एक जना सदस्यले कर्णालीको जुम्ला घुमेर बनाएका भिडिओ सामग्री, ‘भ्लग’ ले सामाजिक सञ्जाल र सञ्चार माध्यमहरूमा ठूलो चर्चा र बहस निम्त्याइरहेको छ।

पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयेन्द्रको भ्रमणबारेको उक्त भिडिओमा उनको प्रस्तुति ‘सरल र विनम्र’ देखिएको भन्दै कतिपयले प्रशंसा गरेका छन् भने कतिपयले उक्त भिडिओ ‘राजनीतिक उद्देश्य’ ले ल्याइएको हुनसक्ने आशङ्का पनि गरेका छन्।

यसअघि सार्वजनिक रूपमा विरलै देखिने गरेका अनि अमेरिकामा स्नातक अध्ययनरत हृदयेन्द्रको ‘व्यक्तित्व’ यो भिडिओमा पहिलो पटक सार्वजनिक रूपमा देखिएका कारण पनि यो चर्चाको विषय बनेको एक जना विश्लेषकले बताएका छन्।

गत चैतमा राजसंस्था पक्षधर शक्तिले गरेको प्रदर्शन र त्यसअघि प्रजातन्त्र दिवसका दिन पूर्वराजाले दिएको सन्देशका कारण पछिल्लो समय पूर्व राजपरिवार नेपालमा राजनीतिक चासो र बहसको केन्द्रमा छ।

राजसंस्था ब्यूँताउन माग गर्दै गरिएका प्रदर्शन सेलाउँदै गएको देखिएको समयमा राजसंस्थाको पैरवी गरिरहेका मध्ये केहीले ‘भावी राजा’ भनेर समेत चर्चा गर्ने गरेका हृदयेन्द्रको भ्लगबारे विभिन्न आशङ्का पनि सामाजिक सञ्जालमा व्यक्त भइरहेका छन्।

राजसंस्थाको पक्षमा वकालत गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सहित राप्रपाका कैयौँ नेताहरूले हृदयेन्द्रको उक्त भ्लग सामाजिक सञ्जालमा शेअर गरेका छन्। जुम्लाको एउटा निर्वाचन क्षेत्र राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदीय चुनाव जितेको ठाउँ पनि हो।

भिडिओमा के छ

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button