अन्यअर्थ/वाणिज्यसमाचार

सहयोगका लागि चिया अभियान हुने : नेपालगञ्ज

नेपालगञ्ज  ।

क्यान्सर पीडितको उपचार सहयोग तथा नीलसागर सेवा आश्रमको भवन निर्माण सहयोगको लागि ‘एक चिया, एक जीवन, एक परिवर्तन’ भन्ने नाराका साथ नेपालगञ्जमा ‘सहयोगका लागि चिया अभियान’ सञ्चालन गरिने भएको छ ।


पूर्व बालक्लबमा आबद्ध सदस्यहरुद्वारा सञ्चालित सहयात्री नेपाल बाँके र स्व.बिन्दु कुँवर फाउण्डेशनका अभियन्ताहरुले सो अभियान सञ्चालन गर्ने भएका हुन ।


राष्ट्रसेवक स्वर्गीय बिन्दू कुँवरको स्मरणमा आयोजना गरिने ‘सहयोगका लागि चियापान’ अभियानबाट संकलित रकमले नीलसागर सेवा आश्रमको निर्माणाधिन भवनमा स्वर्गीय बिन्दू कुँवरको स्मृतिमा एउटा कोठा निर्माण गर्ने लक्ष्य लिईएको छ ।
सो अभियानबाट संकलित रकमले कुँवरको स्मृतिमा एउटा कोठा निर्माण गर्न सकिएन भने पनि प्राप्त सहयोग रकमले नीलसागर सेवा आश्रमको भवन निर्माणसंगै अन्यसामाग्री तथा क्यान्सर पीडितलाई सहयोग गर्ने योजना बनाएका छौं’–सहयात्री नेपालका सदस्य स्वेता गुरुङले जानकारी गराइन् ।


उनले यो अभियान आगामी साउन ९ गते शुक्रबार दिउँसो ३ बजेदेखि बेलुका ७ बजेसम्म नेपालगञ्जको त्रिभुवन चोकमा एउटा स्टल राखेर चियापान गरिने तयारी गरिएको र सो स्टलबाट चियापान गर्दा मनकारी सहयोगी हातहरुले स्वच्छाले सहयोग गर्नसक्ने जानकारी दिईन ।


सहयात्री नेपालका कोषाध्यक्ष सलमान सल्मानीले चियापानबाट प्राप्त भएको सहयोग रकम सहयात्री नेपाल, बाँकेले ८० प्रतिशत नीलसागर सेवा आश्रममा स्वर्गीय बिन्दू कुँवरको स्मृतिमा दान गर्ने र २० प्रतिशत रकम संस्थामा राखेर क्यान्सर पीडितलाई सहयोग गर्ने लक्ष्य लिएको बताए ।


उनले ‘सहयोगका लागि चियापान’ अभियानको प्रतिफल अनुसार थप अभियानका गतिविधि गरिने जानकारी दिए । उनले अभियानमा सहयोग गर्न हामी सम्पूर्ण राष्ट्रसेवक कर्मचारी, अधिकारकर्मी, अभियन्ता, विभिन्न संघसंस्था, नागरिक समाज तथा व्यक्ति सबैलाई हार्दिक आह्वान गरेका छन् ।

सो अभियानलाई नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष नवीन गिरीले पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। स्वर्गीय बिन्दु कुँवरकी सुपुत्री सविधा थापाले आफ्नो स्वर्गीय आमाको स्मृतिमा पुण्य काम गर्ने साथै सचेतनामूलक कार्यक्रमहरू गर्ने प्रतिबद्धता व्यक्त जाहेर गरिन्। सो पत्रकार सम्मेलनको सञ्चालन सहयात्री नेपालका सहसचिव देवा बहादुर क्षेत्रीले गरेका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button