अर्थ/वाणिज्यसमाचार

चर्चा अधुरै : सिजन -५ “रोपाई फेस्टिवल”

नेपालगन्ज ।
कृषिलाई सांस्कृतिक , पर्यटन प्रबर्द्धन सँगै फेस्टिवलको रुपमा बाँके नेपालगन्जमा छुट्टै पहिचान बनाउन सफल भएको टीम डी-एड्च प्रा.लि ले यसपालिको असार १५ रोपाइँ फेस्टिवल´ को कार्यक्रम भौतिक संरचना निर्माण कार्य भई रहेकाले यस वर्ष २०८२ को सिजन -५ को “रोपाई फेस्टिवल” कार्यक्रम स्थगित गरिएको टीम डी-एड्च प्रा.लि का संचालक दिनेश थापा मगरले बताउनु भयो ।

बाँके नेपालगन्ज उपमहानगरपालिका वडा न.१९ स्थिति राझा एयरपोर्ट भैंयापुरमा निरन्तररोपाइँ फेस्टिवल´ असार १५ मनाउँदै आइरहेको टीम डी-एजले यस वर्ष कार्यक्रम नहुदा निरन्तर कार्यक्रममा सहभागी जनाउने आगन्तुक ब्यापारी , स्थानीय बासिन्दा , विद्यार्थी , युवापुस्ताले सम्पर्कमा आइरहेको बताए ।


`रोपाइँ फेस्टीवल´को प्रथम सामान्य र दोस्रो, तेस्रो अनि चोैंथो रोपाइँ फेस्टीवल राष्ट्रिय कलाकारको साथमा असार १५ रोपाइँ फेस्टीवल मनाउँदै आएको अवगत नै छ । यसपालिको पाचौं रोपाइँ फेस्टीवलको संस्करण संरचना निर्माण गर्दा नभएको प्रति सम्पुर्ण शुभचिन्तक प्रति पाचौं रोपाइँ फेस्टीवल २०८३ असार १५ मा भब्यताका साथ मनाउने प्रतिबद्धता जनाउँदछु ।
यसपटक नभएपनि विगतका वर्ष भन्दा केही फरक तरिकाले सिजन-५ रोपाइँ फेस्टिवल आयोजना गर्ने तयारी गरेको बताए ।

रोपाइँ फेस्टिवलमा सांस्कृतिक कार्यक्रमसहित विभिन्न कार्यक्रमहरु आयोजना गरेर दर्शकलाई मनोरञ्जन प्रदान गरिनु सँगसँगै फार्म स्टे रिसोर्ट, बाँके जिल्लाकै एक मात्र केमिकल रहित फ्रेश वाटर स्विम्मिंग पुल, बालबालिकाको लागि विभिन्न आउटडोर obstacle activity , रैथाने परिकारको मगर भान्सा लगाएतको तयारीमा जुटीरहेको थापाले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button