
टिभिएस नेपालगन्जले ग्राहकहरूका लागि लिएर आयो टिभिएस “एक्सचेन्ज मेनिया”
यही वैशाख ७ देखि वैशाख १२ गतेसम्म तालिम केन्द्र नजिक कारकाँदो नेपालगन्जमा टिभिएस शोरूम ग्रेस एन्ड ग्लोबल ट्रेडिङले ग्राहकहरूका लागि टिभिएस “एक्सचेन्ज मेनिया” सुरु गर्ने भएको छ । यो अफर अन्तर्गत जगदम्बा मोटरसको नयाँ वर्ष २०८२ “नयाँ युगको सवारी” अफरका साथै सोरुम द्वारा दिने थप सुविधाको ग्राहकले फाइदा उठाउन सक्नेछन् ।
टिभिएस “एक्सचेन्ज मेनियामा” ग्राहकले आफ्नो कुनै पनि पुरानो मोटरसाइकल वा स्कुटरको एक्सचेन्ज गरी नयाँ टिभिएस घर लग्न सक्नेछन् । यस अफरमा ग्राहकले पाउने सुविधाहरु यस प्रकार रहेको छ:
- रु १ लाखसम्म क्यास डिस्काउन्ट
- मात्र ७.९९ % ब्याजदरमा १८ महिना सम्मको सजिलो र सरल किस्ताबन्दी
- १ लाख सम्मको ग्यारेन्टीड एक्सचेन्ज भ्यालुएसन
- पुरानो सवारी साधन गुडे पनि नगुडे पनि रु ३० हजारसम्म मिनिमम भ्यालुएसन
- फ्री एसेसोरिजमा एक एकवटा हेलमेट , ब्याग र बाइक कभर
साथै टिभिएसको हरेक बाइक र स्कुटरमा लाइफटाइम वारेन्टी ग्राहकले प्राप्त गर्न सक्नेछन् ।





