अर्थ/वाणिज्यसमाचार

सरकारले कुलमान घिसिङको ठाउँमा हितेन्द्र शाक्यलाई नियुक्त

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्र देव शाक्यलाई नियुक्ति भएका छन ।

आज २०८१ चैत्र ११ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमान घिसिङलाई हटाउँदै हितेन्द्र शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो । 

पछिल्लो समय बढ्दै गएको सरकार र कुलमानको टकरावका कारण कुलमानलाई कुनै हालतमा हटाइछाड्ने पक्षमा सरकार देखिएको थियो । तर सरकारले चर्को जनदवावका केही समय निर्णय लिनबाट पछि हटेको थियो । तर सोमबार बसेको मन्पिरिषद्को बैठकले उर्जामन्त्री दीपक खड्काको प्रस्तावमा कुलमानलाई पदबाट हटाउने निर्णय गरेको छ । 

२०७८ साउन २५ गतेको मन्त्रिपरिषद् बैठकब्ँट प्राधिकरणको कार्यकारी निर्देशकमा दोस्रो कार्यकालकालागि नियुक्त भएका उनको कार्यकाल साउन २४ गते सकिँदै थियो। 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button