
नेपालगन्ज ।
आइतबार स्वास्थ्य चेकजाँच गर्न भनि भेरी अस्पताल पुगेकी नाम परिवर्तन बुढाथोकीलाई भेरी अस्पताल फार्मेसीले म्याद गुर्जेको औषधी विरामीलाई वितरण गरेको खुलासा भएको छ ।
केहि दिन देखि आफू विरामी महसुस भएको भन्दै भेरी अस्पताल पुगेकी ती महिला प्रचा लिई डाक्टरका जाँच गरि पर्चामा औषधी लेखिदिएपछि उक्त ओैषधी लिन भेरी अस्पताल परिसरमा रहेको फार्मेसीमा लिदा औषधीको मिति भने अप्रेल २०२४ मै सकि सकेको पाइएको हो । तर प्रचामा भने उक्त ओैषधीको मिति भने फेब्रुअरी २८ सम्म लेखिएको पाइएको छ ।
हेर्नुस् भेरी अस्पतालको रसिद बिल र ओैषधी ।


विरामीलाई यसरी खुल्याम म्याद गुर्जेको औषधी वितरण गरेपछि म्याद गुर्जेको औषधी विरामीलाई दिदा अलिकती पनि ख्याल नगरेको र आफूले पनि ओैषधी घर गएर हेर्दा मात्र थाहा पाएर चिन्तित भएको बुढाथोकी बताउछिन् ।
यस्ता संवेदनशील ओैषधी त म्याद गुर्जेका छन भने अरु थप स्टोरमा भएका औषधीहरु म्याद गुर्जेका भएपनि आँखै चिम्लेर विरामीलाई प्रयोग गर्न दिनुले स्वास्थ्य माथि कति खेलवाड गरेको भन्दै पूरा नाम उल्लेख नगर्ने सर्तमा हामीलाई बताउनु भएको थियो ।




