खेलकुदसमाचार

जुनियर हाजिरजवाफ सम्पन्न ।

नेपालगन्ज ।

बाँकेको खजुरामा आयोजित नेपाल रेडक्रस सोसाइटी जुनियर सर्कल स्तरीय हाजिरजवाफ प्रतियोगितामा जनता मावि सन्तकुटी प्रथम भएको छ ।

रेडक्रसको खजुरा उपशाखा अन्तर्गत जुनियर रेडक्रस सर्कल उप समितिको आयोजनामा आदर्श मावि डि गाउँको आतित्थमा सम्पन्न हाजिरजवाफ प्रतियोगितामा जनता मावि सन्तकुटीका गरिमा आचार्य, सरिता वि.सी., विनोद यादवको टिम प्रथम भएको हो ।


प्रतियोगितामा आदर्श मावि डि गाउँका धिरेन्द्र वली, देविका बुढाथोकी, सद्दाम हुसेन शाही दोस्रो भए । त्यस्तै जनकल्याण मावि बर्दिपुरका ऐश्वर्य विक, केशव राना र दिपक वली तेस्रो भए । जुनियर रेडक्रस सर्कल उप समितिका संयोजक नविन कर्मचार्यको सभापतित्वमा भएको प्रतियोगितामा नेपाल रेडक्रस सोसाइटी खजुरा उपशाखाका सभापति जिवनाथ सापकोटा, आदर्श मावि डि गाउँका प्रधानाध्यापक राजेन्द्र सापकोटा, रेडक्रम खजुरा शाखाका उप सचिव कृष्ण कुंवर, जुनियर उप समिति सदस्य गणेश सापकोटा, खजुरा युवा रेडक्रस सर्कलका सभापती तथा जुनियर उप समिति सदस्य खगेन्द्र दाहाल लगाएतको उपस्थिती रहेको थियो ।


प्रतियोगितामा पहिलो र दोस्रो हुने विद्यालयका प्रतियोगिहरुले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बाँकेद्धारा आयोजना हुने जिल्ला स्तरिय हाजिरजवाफ प्रतियोगितामा भाग लिन पाउने छन । यहि फाल्गुनको २५ गते कोहलपुरको गोर्खा युनाइटेड पब्लीक स्कुलको आतिथ्यमा जिल्ला स्तरिय हाजिरिजवाफ प्रतियोगिता हुदैंछ ।

https://youtube.com/@atmnews7127?si=qBalolChW8L-gL8H

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button