
नेपालगन्ज ।
जसपा नेपाल बाँकेका ३ वटै निर्वाचन क्षेत्रमा वडा स्तर संगठन बिस्तार अभियानमा जसपा नेपाल बाँके वृहत् रुपमा हाेमिएकाे छ ।
बाँके को निर्वाचन क्षेत्र न. २ का संयाेजक तथा पार्टीका केन्द्रीय सदस्य बेबी तबस्सुम अन्सारीको अध्यक्ष र पार्टीका केन्द्रीय सचिव कमरूदीन राईको प्रमुख आथित्यमा नेपालगन्ज उप-महानगरपालीका वडा न.२२ मा वडा स्तर मुल समित गठन गरिएकाे छ । जसको अध्यक्ष राजेन्द्र राठ सहिद २५ सदस्यीय वडा समित गठन गरिएकाे हो ।
उक्त कार्यक्रममा संगठन बिस्तारको औचित्य र महत्त्व लगायत पार्टीको दिशानिर्देशनकाे बारेमा पार्टी केन्द्रिय सचिव कमरूदीन राई , केन्द्रिय सदस्य एवम् लुम्बिनी प्रदेश माननीय अम्बिका काफ्ले , लुम्बिनी प्रदेश उपाध्यक्ष बाबू खा पठान , मुख्य सचिव राजन राना मगर र जिल्ला अध्यक्ष कौशल कुमार धाेबीले मन्त्ब्य राख्नु भएकाे थियाे भने पार्टीका प्रदेश सदस्य ईसरत अलि मुकेरी लुम्बिनी प्रदेश समाजवादी दलित मुक्ति संगठनका अध्यक्ष अयोध्या प्रसाद पासी , जिल्ला उपाध्यक्ष अकबर खा , सह-सचिव श्याम श्रेष्ठ , जिल्ला सदस्य सब्बिर किङगरिया लगायतका नेताहरूकाे उपस्थिति रहेकाे थियाे भने कार्यक्रमको संचालक लुम्बिनी प्रदेशका कार्यकारीणी सदस्य माे.महेमुद ईद्रीसिले गर्नु भएकाे थियो ।






