
नेपालगन्ज ।
पृथ्वी जयन्ती तथा एकता दिवसको अवसर पारेर बाँकेको नेपालगन्जमा पृथ्वीनारायण शाहको जन्मजयन्ती सभा तथा मोटरसाइकल र्याली हुने भएको छ ।
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सनिवार नेपालगन्जमा शान्तिपूर्ण मोटरसाइकल र्याली बागेश्वरी पार्क न्युरोड , पुस्पलाल चोक, कारकादो चोक , पुन पुस्पलाल चोक , धम्बोजी चोक , बिपि चोक हुदै त्रिभुवन चोक पुगेर कोणसभा तथा जन्मजयन्ती सभामा परिणत हुने सचिवालयले जनाएका छन् ।
नेपाल शिवसेनाको आयोजनामा हुन लागेको वृहत् मोटरसाइकल र्यालीमा सामाजिक तथा धार्मिक संघसंस्थाको ऐक्यबद्धता रहेको र पृथ्वी जयन्तीको कार्यक्रममा सहभागी हुन सम्पूर्ण जिल्लावासीमा अपिलसमेत गरिएको छ ।




