अर्थ/वाणिज्यसमाचार

नेपालगन्जमा भिडियो एक्सरेसहित विशेषज्ञ चिकित्सकबाट विभिन्न स्वास्थ्य सेवा उपलब्ध

नेपालगन्ज, बाँके। नेपालगन्जमा सर्वसाधारणलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले भेरी अस्पताल नजिकै रहेको सादा औषधि पसल तथा स्वास्थ्य क्लिनिकले भिडियो एक्सरेसहित विभिन्न स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ। क्लिनिकमा बिहानदेखि साँझसम्म दैनिक भिडियो एक्सरे सेवा उपलब्ध हुनुका साथै अनुभवी विशेषज्ञ चिकित्सकद्वारा ओपीडी सेवा पनि सञ्चालन भइरहेको छ।

क्लिनिकमा मधुमेह, उच्च रक्तचाप, छाती, मिर्गौला, कलेजो तथा पेटसम्बन्धी रोग, ग्यास्ट्रिक, थाइराइडलगायतका स्वास्थ्य समस्याको जाँच, उपचार तथा परामर्श सेवा उपलब्ध रहेको छ।

त्यसैगरी, टाउको तथा स्नायु र मानसिक स्वास्थ्यसँग सम्बन्धित विभिन्न समस्याको जाँच तथा परामर्श सेवा पनि प्रदान गरिन्छ। टाउको दुख्ने, माइग्रेन, चक्कर लाग्ने, बेहोस हुने, हातखुट्टा झमझमाउने वा लाटो हुने, हातखुट्टा कमजोर हुने, मिर्गी तथा छारे रोग, पक्षघात, स्मरणशक्ति कमजोर हुने र निद्रासम्बन्धी समस्या भएका व्यक्तिले सेवा लिन सक्नेछन्।

यसका अतिरिक्त अत्यधिक चिन्ता, डर, बेचैनी, तनाव, मन उदास रहने, व्यवहार तथा सोचमा परिवर्तन आउने, बोल्न वा बुझ्न कठिनाइ हुने, हातखुट्टा अनियन्त्रित रूपमा काँप्ने तथा बालबालिकामा देखिने विकास र व्यवहारसम्बन्धी समस्याका लागि पनि स्वास्थ्य जाँच तथा परामर्श सेवा उपलब्ध रहेको छ।

महिला, प्रसूति तथा स्त्रीरोगसम्बन्धी सेवा

क्लिनिकमा महिलाको स्वास्थ्यलाई ध्यानमा राख्दै महिला, प्रसूति तथा स्त्रीरोगसम्बन्धी विभिन्न जाँच, उपचार तथा परामर्श सेवा पनि उपलब्ध छन्।

गर्भवती जाँच, गर्भावस्थामा देखिने समस्या, बाँझोपन, महिनावारीमा गडबडी, अत्यधिक रक्तस्राव, महिनावारी हुँदा धेरै पेट दुख्ने, महिनामा दुई–तीन पटक महिनावारी हुने, पाठेघर खस्ने, सेतो पानी बग्ने तथा चिलाउने समस्याको जाँच तथा उपचारका लागि सेवा लिन सकिनेछ।

त्यसैगरी, बारम्बार गर्भ तुहिने समस्या तथा पाठेघरको मुखको क्यान्सरसम्बन्धी जाँचलगायतका सेवामार्फत महिलालाई आवश्यक स्वास्थ्य परामर्श र उपचार उपलब्ध गराउने लक्ष्य क्लिनिकले राखेको छ।

कहाँ छ क्लिनिक?

नेपालगन्जस्थित भेरी अस्पतालबाट ठीक ५० मिटर अगाडि, रामलीला मैदान तथा नापी कार्यालय जाने बाटोतर्फ रहेको सादा औषधि पसल तथा स्वास्थ्य क्लिनिकमा बिरामीले विभिन्न स्वास्थ्य सेवा लिन सक्नेछन्।

📍 स्थान: सादा औषधि पसल तथा स्वास्थ्य क्लिनिक, नेपालगन्ज, बाँके
📞 सम्पर्क नम्बर: ९८५८०३००८०, ९८४१६०७१७३

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button