
नेपालगन्ज । ‘रक्तदान गरौँ, जीवन बचाऔँ’ भन्ने मूल भावनाका साथ गोपाल निना फाउन्डेसन नेपाल र जनमत अर्धसाप्ताहिकको आयोजनामा ७१औँ रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा ६३ जना महानुभावले अमूल्य रक्तदान गरेका छन्।
रक्तदान कार्यक्रममा समाज तथा मानव सेवाका क्षेत्रमा निरन्तर योगदान पुर्याउँदै आउनुभएका ६ जना मानवसेवी व्यक्तित्वलाई सम्मान गरिएको थियो। सामाजिक उत्तरदायित्व निर्वाह गर्दै मानव सेवामा पुर्याउनुभएको योगदानको उच्च कदर गर्दै उहाँहरूलाई सम्मान गरिएको हो।
कार्यक्रममा रक्तदान गर्नुहुने सम्पूर्ण ६३ जना रक्तदातालाई आयोजकले हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेको छ। एक व्यक्तिले गरेको रक्तदानले आवश्यक परेको बेला अर्को व्यक्तिको जीवन बचाउन महत्वपूर्ण भूमिका खेल्न सक्छ। त्यसैले रक्तदान केवल सहयोग नभई मानवताको महान सेवाका रूपमा लिइन्छ।
कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ, सहयोग र समन्वय गर्ने सहयोगी संस्था, स्वास्थ्यकर्मी, स्वयंसेवक, शुभेच्छुक तथा सम्पूर्ण सहयोगी हातहरूप्रति आयोजकले हार्दिक धन्यवाद व्यक्त गरेको छ।
रक्तदान गरौँ, जीवन बचाऔँ।
मानव सेवामा जोडिऔँ, समाजप्रतिको दायित्व पूरा गरौँ।
सेवा नै हाम्रो धर्म हो।




