
नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (NATTA) बाँके च्याप्टरको चौथो वार्षिक साधारण सभा तथा स्थापना दिवसको विशेष अवसरमा ‘उत्कृष्ट NATTA सदस्य सम्मान–२०८३’ बाट तुल्सी होलिडेजका प्रबन्ध निर्देशक पदम सुवेदी सम्मानित भएका छन्।
पर्यटन क्षेत्रमा निरन्तर सक्रिय रहँदै योगदान पुर्याएको भन्दै सुवेदीलाई सम्मान गरिएको हो। सम्मानपछि सुवेदीले यसले पर्यटन क्षेत्रमा अझ सक्रिय भएर काम गर्ने ऊर्जा, उत्साह र जिम्मेवारी थपिएको महसुस भएको बताए।
“यो सम्मान मेरो मात्र नभई पर्यटन क्षेत्रमा निरन्तर साथ, सहयोग र योगदान गर्नुहुने सम्पूर्ण सहकर्मी तथा शुभेच्छुकहरूको सम्मान हो,” सुवेदीले भने।
सुवेदीले आगामी दिनमा पनि पर्यटन प्रवर्द्धन, व्यवसायिक एकता तथा बाँके हुँदै समग्र नेपालको पर्यटन विकासमा अझ प्रभावकारी योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।




